back
NMB ad

महामारीमा अर्बपतिहरु झनै धनी बने, कसले कति कमाए ?

Kumari bank ad

एजेन्सी । पछिल्लो तीन महिना सामान्य अमेरिकी नागरिकका लागि कठिन रह्यो, तर अर्बपतिहरुका लागि होइन । गत मार्च १८ यता अमेरिकी अर्बपतिहरु ५.६५ खर्ब डलरले धनी भएको इन्सिटिच्युट फर पोलिसी स्टडिजले बिहीबार प्रकाशन गरेको एक रिपोर्टले देखाएको छ ।

यो रिपोर्ट फोर्ब्सको विश्वका अर्बपतिको सूचीको आधारमा तयार पारिएको हो । अहिले अर्बपतिको कूल सम्पत्ति ३५ खर्ब डलर पुगेको छ । महामारीको शुरुवात यता उनीहरुको सम्पत्ति १९ प्रतिशतले वृद्धि भएको रिपोर्टमा भनिएको छ ।

अमेजनका प्रमुख जेफ बेजोस एक्लैको सम्पत्ति ३६.२ अर्ब डलर रहेको छ । यो गत मार्च १८ भन्दा यो बढी नै हो । सोही दिन यता ४.३ करोड अमेरिकीले बेरोजगार भत्ताका लागि आवेदन दिएका छन् । सेवा र पर्यटन क्षेत्रका कम आय भएका कामदारहरु महामारीबाट बढी प्रभावित बनेका छन् ।

यसले अमेरिकामा धनी र गरिबबीचको खाडल धेरै ठूलो रहेको देखाउने विज्ञहरु बताउँछन् । यही कारणले पनि अमेरिका भर अहिले प्रदर्शन फैलिरहेको उनीहरुको भनाइ छ ।

फेडरेल रिजर्भका कारण सेयर बजारमा सुधार भएसँगै धनीहरुको सम्पत्ति ह्वात्तै बढेको हो । महामारीकाबीच सडकमा संघर्ष चर्किरहँदा ठूला प्रविधि कम्पनीहरुको आम्दानी भने बढी रहेको छ । मार्च यता अमेजनको सेयर ४७ प्रतिशतले बढेको छ ।

फेसबुकले पनि यसबाट फाइदा आर्जन गरिरहेको छ । कम्पनीका सह संस्थापक मार्क जुकरबर्गको सम्पत्ति मार्च १८ यता ३०.१ अर्ब डलरसम्म बढेको छ । उता, टेस्लाका प्रमुख एलन मस्क, गुगलका संस्थापक सर्जे ब्रिन र ल्यारी पेज तथा माइक्रोसफ्टका पूर्व सिइओ ल्यारी पेज लगायत सबैको सम्पत्ति थप भएको छ ।

यता, देशमा रोजगारी गुमाउनेको संख्या बढ्दो छ । मे महिनामा अमेरिकाले थप ८० लाख रोजगारी गुमाएको तथ्यांकले देखाउँछ । अमेरिकामा चाँडै नै बेरोजगारको दर २० प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।

स्रोत : सीएनएन

वि.सं.२०७७ जेठ २५ आइतवार ०९:०३ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...