back
NMB ad

बैंक तथा वित्तीय संस्थाहरुमा पेन्सन लिनेको भिड

Kumari bank ad

दीननाथ बराल,पोखरा । कोरोना भाइरसको प्रभावका कारण देशमा लकडाउन जारी भएसँगै पोखरा क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुमा रकम लिनेहरुको भिड बढेको छ ।

जुन महिनाको पहिलो तारिख भारतिय तथा बेलायती भूतपूर्व सैनिकहरुको समेत पेन्सन बुझ्ने समय भएकोले गर्दा पोखरा क्षेत्रका एसबीआइ र एभरेष्ट बैंकहरुमा प्रायः अत्याधिक भिड हुने गरेको छ ।

बैंकका सुरक्षा गार्ड र नेपाल प्रहरीले उनीहरुलाई सामाजिक दुरी कायम गर्दै लाइनमा बसाल्न हम्मेहम्मे हुने गरेको छ । पोखरा क्षेत्रमा एसबीआइका ४ र एभरेष्ट बैंकका ३ वटा शाखा हुँदा पनि पेन्सन बुझ्न अंग्रेजी नयाँ महिनाको करिब एक सातासम्म भिडभाड हुने गरेको छ ।

गण्डकी प्रदेशमा मात्र पेन्सनरहरु करिब एक लाखको संख्यामा रहेको नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.डिल्लीराम पोख्रेलले बताए । उनका अनुसार ८० प्रतिशत एसबीआइ. र बाँकी २० प्रतिशत भने एभरेष्ट बैंकबाट पेन्सन बुझ्ने गरेका हुन् । गण्डकी प्रदेशमा एक महिनामै करिब एक अर्ब ८० करोड रुपैयाँ पेन्सन बुझ्ने गरेको निर्देशक डा.पोख्रेलले बताए ।

राष्ट्र बैंक पोखरामा २ अर्ब ८७ करोड रुपैयाँ बैंक तथा वित्तीय संघ संस्थाहरुले लगेको उनले जनाए । त्यसैगरी लकडाउनको समयमा राष्ट्र बैंक पोखरामा ५७ करोड रुपैयाँ डिपोजिट भएको कार्यालयले जनाएको छ । उक्त कार्यालयबाट प्रदेशका ७ जिल्लामा करिब २ अर्ब रुपैयाँ नोटकोष (ट्रासफर) मा जम्मा गरिएको निर्देशक डा.पोख्रेलले जनाए ।

नेपाल राष्ट्र बैंकले लिएको रकम तीन दिनसम्म सुरक्षितका साथ राखेर स्प्रे गरेर मात्र बजारमा पुनः वितरणको व्यवस्था गरिएको उनले जनााए । उनले भने, “कोरोना संक्रमण पैसाबाट पनि हुनसक्ने भएकोले गर्दा हामीले आफ्नो ठाउँमा पूर्णरुपमा सजगता अपनाएका छौं, पैसा लिएको तीन दिनपछि मात्र स्प्रे समेत गरेर गणना गर्ने गरेका छौं ।”

पोखरामा भित्रिने रेमिट्यान्समा लकडाउने गर्दा केही आएको निर्देशक डा.पोख्रेलले बताए । उनका अनुसार नेपालमा मासिक ७५ अर्बको रेमिट्यान्स भित्रिने भए पनि हाल करिब २५ प्रतिशतले घट्न गएको छ ।

चैतमा करिब ३४ अर्ब र वैशाख महिनामा भने ४० अर्ब रुपैयाँ मात्र रेमिट्यान्स नेपाल भित्रिएको उनले दाबी गरे । पोखरासहित कास्कीमा २ सय ५६ वटा बैंकका शाखा कार्यालयहरु रहेका छन् । उनले भने, “कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी सामाजिक दुरी कायम गरी सेनिटाइजरसहितका स्वास्थ्य सामग्रीको प्रयोग गर्दै न्यूनतम कर्मचारी करिब एक तिहाईबाट बैंिकङ कारोवार गर्ने लक्ष्य राखेका हौं ।”-कारोबार दैनिकबाट

वि.सं.२०७७ जेठ २५ आइतवार ११:१३ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...