रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० स्थित गंगादेवी गाईफार्ममा काम गर्ने पाँज जनाको हत्या भएको छ । सोमबार राति घरेलु हतियार प्रयोग गरी उनीहरुको हत्या भएको रुपन्देही प्रहरी कार्यालयले जनाएको छ ।
हत्या गरिएकामध्ये सैनामैना वालापुरका श्रीमान/श्रीमती माधव मुसहर र जानकी मुसहर तथा सोही स्थानका पोखराज मुसहर रहेका छन् । त्यस्तै अन्य दुई करण चौधरी र आशिष चौधरी तिलोत्तमा नगरपालिकाकै हुन् ।
गाई फर्मको गोठमै सुतिरहेका उनीहरुको हत्या भएको हो । दुई चौधरी कहिलेकाही फर्ममा काम गर्न आउने गरेका थिए । प्रहरीले हत्याको कारण पहिचान गरिसकेको छैन ।
वि.सं.२०७७ जेठ २७ मंगलवार ०८:०५ मा प्रकाशित