थप ३२३ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या चार हजार नाघ्‍यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या चार हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार थप ३२३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै हालसम्म नेपालमा संक्रमितको संख्या चार हजार ८५ पुगेको छ । मंगलबार दुई सय ९२ पुरुष र ३१ महिला महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी गराउनुभयो ।

नेपालमा कोरोनाका कारण १४ जनाको मृत्यु भइसकेको छ। मंगलबार मात्र ९६ जना डिस्चार्ज भएका छन्।

२०७७ जेष्ठ २७ गते १६:२३ मा प्रकाशित

You can share this post!

१३ सय मेगावाट विद्युत एक वर्षभित्र राष्ट्रिय प्रसारण लाइनमा थपिने

१३ सय मेगावाट विद्युत एक वर्षभित्र राष्ट्रिय प्रसारण लाइनमा थपिने

Related posts