काठमाडौं । लोकप्रिय गायक महेन्द्र रायमाझी आफ्नोे गीत ‘हेर यी आँखामा‘’को लिरिकल भिडियो लिएर दर्शक तथा स्रोता माझ आएका छन् । युवा गीतकार डिपी खनालको शब्द रचनाको गीतलाई युवा संगीतकार शंकर थापा (स्माइल)ले संगीतबद्ध गरेका हुन् ।
गीतमा विश्व अधिकारीको संगीत संयोजन छ । युवराज वाइवाद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री तथा मोडल रीमा विश्वकर्मा तथा नयाँ कलाकार मिलन खड्काले उत्कृष्ट अभिनय गरेका छन् । भिडियोमा रीमा र मिलनको जोडी आकर्षक देखिएको छ ।
भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने निशान घिमिरे यो भिडियोका सम्पादक हुन ।
भिडियो:
https://youtu.be/ZHV9l15eUE8
वि.सं.२०७७ जेठ २८ बुधवार १९:४४ मा प्रकाशित