back
NMB ad

फेरी थप २७ जनामा कोरोना संक्रमण पुष्टि : को हुन् थपिएका नयाँ संक्रमितहरु ?

Kumari bank ad

सर्लाही । सर्लाहीमा आज फेरी थप २७ जनामा कोरोेना संक्रमण पुष्टि भएको छ । यो सँगै सर्लाहीमा संक्रमित हुनेको संख्या ४ सय १३ पुगेको छ । २७ जना संक्रमितहरु रामनगर,चन्द्रनगर, कौडेना गाउँपालिका र कविलासी नगरपालिकाका रहेका छन ।

रामनगरमा १० जना, चन्द्रनगर १० जना,कौडेना गाउँपालिकाका २ जना र कविलासी नगरपालिकामा ५ जना गरी जम्मा २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिए ।

मंगलवार मात्रै हरिवन नगरपालिकामा ८ जना, हरिपुर्वा नगरपालिकामा ७ जना, कविलासी नगरपालिकामा १ जना र कौडैना गाउँपालिकामा १ जना गरी १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

सोमबार सम्म सर्लाहीमा संक्रमितको संख्या ३ सय ६९ थियो ,मंगलवार १७ जना र आज २७ जना गरी कोरोना भाईरस संक्रमितको संख्या बढेर ४ सय १३ पुगेको प्रमुख जिल्ला अधिकारी जिसीले बताए ।

संक्रमितहरु अधिकांस भारतको विभिन्न ठाउँबाट आएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा नै बसिरहेको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिए । सर्लाहीमा २० स्थानिय तह मध्ये लालबन्दी बाहेक सबै नगरपालिका र गाउँपालिकामा कोरोना संक्रमित बिरामीको पुष्टि भइसकेको छ ।

वि.सं.२०७७ जेठ २८ बुधवार २१:४४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...