back
NMB ad

कोरोना संक्रमितको उपचारमा प्रतिदिन ३८ हजारसम्म खर्च हुने

Kumari bank ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रतिव्यक्ति प्रतिदिन ३८ हजार रुपैयाँभन्दा बढी लाग्ने अनुमानित लागत तयार पारेको छ ।

मन्त्रालयले संक्रमित बिरामीको अवस्था र आवश्यकताका आधारमा प्रतिसंक्रमित प्रतिदिन ६ हजारदेखि ३८ हजारसम्म खर्च लाग्ने अनुमानसहितको योजना तयार पारेको हो।

मन्त्रालयले तयार पारेको ‘कोभिड–१९ हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ मा सामान्यदेखि गम्भीर प्रकारका संक्रमितलाई आधार मानिएको छ। योजनामा सामान्य (माइल्ड), मध्यम (मोडरेटेड), गम्भीर (सेभियर) केसका आधारमा प्रतिदिन प्रतिव्यक्ति लाग्ने खर्च अनुमान गरिएको हो।

योजना अनुसार सामान्य अवस्थामा रहेका संक्रमितको केसमा आवश्यकता हेरी प्रतिदिन ६ हजारदेखि साढे १४ हजारसम्म उपचार खर्च लाग्ने देखिन्छ। मध्यम केसमा प्रतिदिन १० हजारदेखि करिब २४ हजार लाग्ने अनुमान छ। त्यस्तै गम्भीर अवस्थाका संक्रमितको केसमा प्रतिदिन १९ हजारदेखि ३८ हजार रुपैयाँसम्म उपचार खर्च लाग्ने अनुमान गरिएको छ। यो रकम जनशक्ति, खाद्यान्न र पिपिई जोडेर हो।

सामान्य अवस्थाको संक्रमितको उपचारको हकमा जनशक्ति, खाद्यान्न र पिपिईको पहिला नै व्यवस्था भइसकेको रहेछ भने ६ हजार ५२ रूपैयाँमा प्रतिव्यक्ति प्रतिदिन उपचार गर्न सकिनेछ। जनशक्ति पहिला नै व्यवस्थापन भइसकेको र खाद्यान्न र पिपिईमा मात्र खर्च गर्नुपरेको अवस्थामा १३ हजार दुई सय ३१ रूपैयाँमा प्रतिदिन प्रतिव्यक्ति उपचार हुने अनुमानित लागत निकालिएको छ।

खाद्यान्नको व्यवस्थापन पहिला नै भइसकेको तर जनशक्ति र पिपिईमा खर्च गर्नुपर्ने अवस्थामा आएमा १२ हजार पाँच सय ९३ रूपैयाँ लाग्नेछ। त्यस्तै पिपिईको किन्नु नपर्ने अवस्थामा जनशक्ति र खाद्यान्नका लागि नौ हजार तीन सय ३९ रूपैयाँ लाग्ने अनुमान छ।

योजना अनुसार मध्यम अवस्थाका संक्रमितको उपचारको हकमा जनशक्ति, खाद्यान्न र पिपिई सेटसहितको खर्च गर्नुपर्ने अवस्थामा २३ हजार नौ सय ९३ रूपैयाँ लाग्नेछ। जनशक्ति पहिला नै व्यवस्थापन भइसकेको अवस्थामा मध्यम प्रकारका संक्रमितको उपचारमा खाद्यान्न र पिपिईका लागि २० हजार ६ सय ९५ लाग्नेछ।

त्यस्तै खाद्यान्नबाहेक पिपिई र जनशक्तिमा मात्र खर्च गर्ने हो भने २२ हजार तीन सय ८० रूपैयाँ लाग्ने उल्लेख छ। पिपिईमा खर्च गर्नुनपर्ने र जनशक्ति र खाद्यान्नमा मात्र खर्च गर्ने हो भने १५ हजार ७६ रूपैयाँमा नै उपचार सम्भव हुने स्वास्थ्यको अनुमान छ। मध्यम अवस्थाको संक्रमितको उपचारका लागि जनशक्ति, खाद्यान्न र पिपिई सेटमा खर्च गर्नुनपर्ने अवस्थामा १० हजार एक सय ६६ रूपैयाँ खर्च हुने अनुमान रहेको आजको नागरिक दैनिकमा खवर छ ।

वि.सं.२०७७ जेठ २९ बिहीवार ०७:३९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...