back
NMB ad

खुकुलो बन्दै लकडाउन : विद्यालय पनि खुल्न थाले ! यसरी हुँदैछ सामाजिक दूरी पालना

Kumari bank ad

एजेन्सी । कोरोना भाइरसको महामारीका बाबजुद धेरै देशमा अहिले लकडाउन खुकुलो बन्दै गएको छ । केही देशले भने विद्यालय नै खोल्न थालिसकेका छन् ।

बालबालिकाहरुमार्फत कोरोना भाइरस फैलने खतरा निकै कम रहेको भन्दै स्विजरल्यान्ड र नेदरल्यान्डस्ले प्राथमिक तहका विद्यार्थीहरुको पठन–पाठन सुरु गरेका छन् । स्पेन र दक्षिण अफ्रिकामा माध्यमिक तहकै पठन–पाठन सुरु भइसकेको छ ।

यता, सुरुमा कडा लकडाउन गरेको न्युजिल्यान्डले अहिले कोभिड–१९ महामारी जितिसकेको छ । यहाँ ११ सय ५४ जनामा संक्रमण देखिएकोमा ११ सय ३२ जना निको भए, २२ जनाले ज्यान गुमाए । तसर्थ, अहिले देशमा सक्रिय संक्रमित छैनन् ।

न्युजिल्यान्डले सोमबार देशमा कोरोना सक्रिय संक्रमित नरहेको भन्दै सबैखाले कडाइ खुकुलो गरेको थियो । त्यसयता, यहाँ विद्यालय पनि सञ्चालनमा छ ।

जापान र फ्रान्सले कोरोनाको प्रभाव नपरेका क्षेत्रमा विद्यालय खोलेका छन् र यहाँ स्थानीय सरकार तथा सम्बन्धि विद्यालयले कोरोना रोकथामका लागि विशेष उपाय अवलम्बन गरेका छन् । जर्मनीमा केही विद्यालयहरुले सामाजिक दूरीको पालना गर्दै अप्रिलको अन्त्यदेखि नै पठन–पाठन सुरु गरेका थिए ।

वि.सं.२०७७ जेठ २९ बिहीवार ०९:४० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...