कविता
अचम्मै को रोग,
“कोरोना“ आएछ नेपालमा,
गरिबलाई मात्रै लाग्ने, निमुखालाई मात्रै छुने !
सरर गाडीमा गुड्नेलाई छुँदै नछुने,
लकडाउनमा सबैलाई भित्रै थुनी उनीहरु, बाहिर ननिस्कि नहुने !!
वाह रे कोरोना,
तेरो लिला अपरम्पार छ रे !
हुने लाई छुँदै नछुने, नहुनेलाई नछोई नहुने !
कसलाई के थाहा,
रोग ले भन्दा, भोक ले, मर्ने को संख्या,
मरे भने गर्छन सबले, वाह रे कोरोना, तेरै ब्याख्या !!
हिजो आज, सजिलो भा छ सबलाई,
दिनानुदिन “कोरोना“ भनि जनतामा त्रास बढाउँदै छ सरकार !
भोका, नाङ्गा, निमुखा सबलाई,
जनताले नै हेर्ने भए, किन पर्थ्यो र, तिम्रो दरकार !!
“कोरोना“ को नाम मा, जनतालाई घर घर मै थुनी,
थाहा छैन, कसले, कुन कुन गोटी, चाल्दै छन् यहाँ ?
भरिएका छन् रे बाटो घाटो, खुलेका छन् रे कलकारखाना,
गरिबको मनमा, दहि चिउरा मुसाउने, लकडाउन, किन चल्छ यहाँ ??
न त चल्छ, सवारीसाधन, न त पुग्न, सकिन्छ कतै,
“लाह्सामा सुन छ कान मेरो बुच्चै” भा छ, भने झैँ“ !
“शिशा भित्र राखिएको मिठाई, बाहिर बाट स्वाद लिए झैँ”
गरिब, निमुखा जन जन ले सोध्छन, के छ र, सरकार, हाम्रो अझै ??
उपचार नपाई मर्दैछन कोहि, मस्त मस्त रम्दैछन,
अझै के कति, रहेछ बाँकि भन्दै कोहि, जनताका गोजी, गोजी छाम्दैछन !
वाह रे कोरोना,
तेरै लिला अपरम्पार, तेरै नाम लिंदै, गरिब निमुखा जन जन लाई डाम्दैछन् !!
छोडी दे न, अब त,
ए कोरोना !, न काम छ, न छ दाम नै, भोको पेट ले, जिउँछन् कति !
दिन बिते, हप्ता बिते, अनि बिते महिना पनि,
आस थियो, केहि दिन मै हट्छ भनि, तर, अब त, नगरी दे, साह्रै अति !!
कसलाई के थाहा, के बित्दैछ, कसको मनमा,
तै पनि खुशी देख्दैछु प्रकृति, किन, तेरे आगमन मा !
बढ्यो दुरी, आफन्त जन मै, कस्तो, त्रास बस्यो अचम्मै,
सिमित भए बोलीचाली, भेटघाट भयो खतम्मै !!
रित्ति सक्यो भण्डार सबको,
भन्दै न, ए कोरोना !, अझै, कति छ रे तेरे, सताउने धोको !
पुग्यो होला, सुन्न, अब त, तँलाई
अति भयो, अब त, अलाप बिलाप गरि, सबले रोको !!
रचना : घनश्याम श्रेष्ठ, काठमाडौँ
वि.सं.२०७७ जेठ ३० शुक्रवार ११:२१ मा प्रकाशित