back
NMB ad

यौन सम्पर्क गर्दा मास्क लगाउनुपर्ने !

Kumari bank ad

न्युयोर्क ।अमेरिकाको न्युयोर्कमा कोरोना महामारीको अवधिमा यौन सम्पर्क गर्दा मास्क लगाउनुपर्ने भन्दै आफ्नो ‘गाइडलाइन’ अपडेट गरेको छ ।

न्युयोर्कका स्वास्थ्य अधिकारीहरुले यसअघि सबैलाई सेक्स पार्टनरसँग सुरक्षित रहने बताएका थिए । पछिल्लो समय गाइडलाइन अपडेट गर्दै टाढा रहेका जोडीहरुलाई लामो समयपछि भेट्ने क्रममा मास्क लगाएर मात्रै यौन सम्पर्क गर्न सुझाव दिएका हुन् ।

यौन सम्पर्कको अवधिमा कोरोना भाइरस सर्नसक्ने भन्दै सचेत गराउन यस्तो सुझाव दिइएको बताइन्छ । ‘अनुहार छोप्ने मास्क लगाउनू, यौन सम्पर्कको अवधिमा नाक, मुख छोप्नु वा मास्क लगाउनु उचित हुन्छ । यद्यपि यो तपाईँको व्यक्तिगत कुरा हो,’ गाइडलाइनमा उल्लेख छ ।

यौन सम्पर्कको अवधिमा लामो स्वास फेर्दा वा अंकमाल गर्दा कोरोना भाइरस सर्नसक्ने भन्दै न्युयोर्कका स्वास्थ्यकर्मीहरुले गाइडलाइन मार्फत सुझाव दिएका हुन् । यस्तै महामारीका बेला यौन सम्पर्कको बेला यौन सम्पर्कमा पनि सिर्जनात्मक हुन गाइडलाइनले सुझाव दिएको छ ।

गत महिना इंग्ल्याण्डमा रात काट्ने गरी बाहिर जानु र अरुसँग यौन सम्पर्क गर्न नपाइने भन्दै कानून नै लागु गरेको थियो । यसअघि अमेरिकाको न्युयोर्क टाइम्सको एक रिपोर्ट अनुसार यौन सम्पर्कको क्रममा कोरोना भाइरस सर्दैन । तर चुम्बन गर्दा सर्नसक्ने तथ्य पुष्टि भएको छ । -एजेन्सी

वि.सं.२०७७ जेठ ३० शुक्रवार १३:०९ मा प्रकाशित

You can share this post!

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...