back
NMB ad

भूमे पर्वमार्फत खाम संस्कृतिको पहिचान र संरक्षणमा बल पुगेको छ : मुख्यमन्त्री पोखरेल

Kumari bank ad

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले भूमे पर्वमार्फत खाम संस्कृतिको पहिचान र संरक्षणमा बल पुगेको बताउनुभएको छ ।

भूमे पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले खाम संस्कृति समुदाय र क्षेत्र विशेषको मात्रै नभएर नेपाली समाजको महत्वपूर्ण संस्कृतिको रुपमा पहिचान स्थापित भएको बताउनुभयो । “रोल्पा र रुकुमका खामभाषी मगर समुदायले मनाउने भूमे पर्व हाम्रो प्रदेशको विशेष सांस्कृतिक पर्व हो । विविधतायुक्त नेपाली समाजमा जाति र समुदायले मनाउने पर्वले समाजमा एकता, सद्भाव र मेलमिलापको वातावरण बनाउन भूमिका खेलेका छन् ”, मुख्यमन्त्री पोखरेलले भन्नुभयो ।

भूमे पर्व प्रकृतिसँग सम्बन्धित रहेकाले यसले प्रकृति र मान्छेबीचको गहिरो सम्बन्ध उजागर गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रकृतिले हामीलाई दिएका अमूल्य उपहार माटो, पानी, जीवजन्तु र रुखबिरुवाको संरक्षण र सही उपयोग गर्न सक्दा मात्रै हाम्रो जीवन सरल र सहज रुपमा अघि बढ्न सम्भव छ ।”

संविधानले सबै जाति र समुदायको उत्थान र विकासमा जोड दिएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री पोखरेलले अल्पसङ्ख्यक, आदिवासी, जनजाति र पछाडि पारिएका जाति तथा समुदायको उत्थानका लागि संवैधानिक रुपमै आयोग गठन गर्ने व्यवस्था गरेर सबैप्रति सम्मान व्यक्त गरेको जनाउनुभयो । “प्रदेश सरकारले भूमे पर्वको सांस्कृतिक महत्वलाई सम्मान गर्दै आज रोल्पा र रुकुममा स्थानीय बिदा दिने निर्णय गरेको छ ।

लोकतन्त्रलाई सबै समुदाय र वर्गका नागरिकको जीवनपद्धति बनाउन खोजिएको छ”, सन्देशमा भनिएको छ । मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “संविधानको कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातीले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने वातावरण बन्ने छ । संविधान कार्यान्वयन गर्दै सरकार समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा अघि बढेको छ ।”-रासस

वि.सं.२०७७ असार १ सोमवार १२:३६ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...