back
NMB ad

एक आपसमा गाभिँदै यी दुई वित्तीय संस्था

Kumari bank ad

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले घरेलु लघुवित्त वित्तीय संस्थालाई गाभ्ने भएको छ । यी दुई कम्पनीविच एक आपसमा गाभ्ने /गाभिने सम्बन्धि सैद्धान्तिक सहमति पत्रमा सोमवार हस्ताक्षर भएको हो ।

सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर भएपश्चात समता लघुवित्तले शेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रोक्का गरेको छ । घरेलु लघुवित्तको १०० कित्ता शेयर बराबर समता लघुवित्तको ८० कित्ता आदान प्रदान गर्ने गरि यी दुई कम्पनी एक आपसमा गाभिन लागेका हुन् ।

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं २ मा रजिष्टर्ड केन्द्रीय कार्यालय रहेको समता लघुवित्तले २४ ओटा शाखा कार्यालयमार्फत ३७ हजारभन्दा बढी ग्राहक सदस्यहरुलाई सेवा प्रदान गरिरहेको छ भने काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा रजिष्टर्ड केन्द्रीय कार्यालय रहेको घरेलु लघुवित्तले १३ ओटा शाखा कार्यालय मार्फत ६ हजारभन्दा बढी सदस्यहरुलाई सेवा दिइरहेको छ ।
समता लघुवित्त धितोपत्र बजारमा सूचीकृत कम्पनी हो भने घरेलुले हालसम्म सर्वसाधारणलाई शेयर जारी गरेको छैन । घरेलु लघुवित्तको संस्थापकतर्फबाट मात्र कायम भएको चुक्तापूँजी रू. ७ करोड ३ लाख ५० हजार छ ।
हालसम्म घरेलुले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन । दोस्रो त्रैमाससम्म उक्त कम्पनीको जगेडाकोष रकम रू. २१ लाख ४५ हजार ऋणात्मक थियो । त्यस अवधिसम्म घरेलुले रू. १४ करोड २३ लाख ७ हजार निक्षेप संकलन गरेको छ भने रू. १८ करोड ८२ लाख १२ हजार कर्जा प्रवाह गरेको छ ।
उक्त कम्पनीको निष्क्रिय कर्जा शून्य रहेको छ । त्यस्तै रू. १९ करोड ११ लाख चुक्तापूँजी रहेको समता लघुवित्तको जगेडा कोष रकम रू. ९ करोडभन्दा बढी छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म समताले रू. ३ करोड ३८ लाख ४५ हजार खुद नाफा गरेको छ ।

वि.सं.२०७७ असार १ सोमवार १७:१९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...