back
NMB ad

शैक्षिक सुधारका लागि धमाधम एक आपसमा गाभिँदै सामुदायिक विद्यालय

Kumari bank ad

सल्यान । सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि सल्यानका स्थानीय तहले विद्यालय गाभ्न थालेका छन । कम विद्यार्थी र भौतिक पूर्वाधार अभाव भएका विद्यालयहरू ’मर्ज’ गर्न थालिएको हो। सल्यानको दार्मा गाउँपालिकाको शिक्षा शाखाले विद्यालयको अनुगमन गरी विद्यार्थीको संख्या कम भएका विद्यालयहरूलाई शिक्षा ऐनअनुसार मर्ज गरेको छ।

गाउँपालिकाका ११ विद्यालय समायोजन र ६ वटा विद्यालयको कक्षा घटुवा गरिएको दार्मा गाउँपालिकाले जनाएको छ ।  कम विद्यार्थी र नजिकै अर्को विद्यालय भएका स्थानका विद्यालयहरू मर्ज गरिएको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए। विद्यार्थीको संख्या कम भएका विद्यालयलाई अर्को विद्यालयमा मर्ज गर्दा शिक्षकको संख्या र शैक्षिक गुणस्तर बढ्ने विश्वास लिइएको उनले बताए ।

विद्यालय मर्ज भएसँगै विद्यालयमा शैक्षिक अवस्था गुणस्तरीय हुनुका साथै विद्यालयको खर्च पनि कटौती हुने शिक्षा अधिकृत शेर प्रसाद ढकालले बताए । विद्यालय मर्ज हुँदा शिक्षक संख्यामा वृद्धि भएर पठनपाठनमा पहुँच बढ्ने र विद्यार्थीहरूलाई समय दिन सकिने बताए।

उनले विकट क्षेत्रमा विद्यार्थी संख्या थोरै भएकाले भौगोलिक अवस्था हेरेर विद्यालय गाभिएको उनको भनाई छ । विद्यालय समायोजन तथा कक्षा घटुवा गर्दा २ करोड ४७ लाख ५ हजार रुपैयाँ बजेट अनुदानमा आउने उनले जानकारी दिए।

वि.सं.२०७७ असार २ मंगलवार १४:२७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...