back
NMB ad

पर्यटकीय गन्तव्य ‘घुम्टे’ जोड्ने पदमार्ग निर्माण कार्य सुरु

Kumari bank ad

थम्मन थापा, बागलुङ । धार्मिक तथा पर्यटकीय गन्तव्य घुम्टे पुग्ने पर्यटन पदमार्ग निर्माणले निरन्तरता पाएको छ । गत वर्ष गलकोट नगरपालिका वडा नं ७ मल्म अजिराखर्क देखि गोठाल्ने सम्म झण्डै १ किलोमिटर पर्यटन पदमार्ग निर्माण गरिएको थियो ।

यस वर्ष बाँकी रहेको कामलाई निरन्तर अगाडि बढाइएको छ । अहिले निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ । संस्कृति तथा पर्यटन मन्त्रालयबाट विनीयोजित १० लाख रुपैयाँमा गोठाल्ने देखि माथि काम सुरु भएको हो ।

अहिले दैनिक ५० देखि ५५ जनाले पदमार्ग निर्माण गरिरहेको पर्यटन पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले जानकारी दिए ।

पदमार्गमा सोलिङ गर्ने सिँढी चिन्ने र अप्ठ्यारो ठाउँमा रेलिङ समेत हाल्ने काम गरिएको थापाले बताए । यो वर्ष गोठाल्नेबाट माथि करिब ८०० सय मिटर माथिसम्म काम गर्न सकिन्छ भन्ने लागेको छ, थापाले भने । कोरोना भाईरसको जोखिमका कारण भौतिक दुरी कायम गरेर अहिले काम तिब्र रुपमा अगाडी बढिरहेको गलकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए ।

पदमार्ग निर्माण भए पछि पर्यटकीय स्थल

घुम्टे पुग्ने पर्यटकहरुलाई सहज हुने वडा अध्यक्ष थापाले बताए । जिल्लाको मध्य भागमा अवस्थित घुम्टे लेक धार्मिक तथा पर्यटकीय र दृश्यावोलोकनका दृष्टिले उपयुक्त गन्तव्य हो । घुम्टेको चौतर्फी विकासको निमित्त गलकोट घुम्टे पर्यटन विकास केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।

वि.सं.२०७७ असार ३ बुधवार १२:१७ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...