back
NMB ad

सुरक्षित भएर नियमित सेवा सञ्चालन गर्न बागलुङका सहकारीहरुलाई जिल्ला संघको आव्हान

Kumari bank ad

बागलुङ । जिल्ला सहकारी संघ बागलुङले कोरोना (कोभिड–१९) को संक्रमणका कारण सरकारले आव्हान गरेको लकडाउनमा बागलुङका सहकारीहरुले सदस्यहरुको सेवामा प्रभावकारी काम गरेको निष्कर्ष निकालेको छ ।

लकडाउनको समयमा सहकारीहरुका सदस्यहरुलाई स्वास्थ्य तथा खाद्यान्नका लागि आवश्यक परेको रकम तत्कालन उपलब्ध गराउने तथा कोरोनाको संक्रमणबाट जोगिने उपायका बारेमा बृहत रुपमा सचेतना प्रदान गरेको, लकडाउन अवधीको कर्जाको ब्याज र हर्जाना छुटको व्यवस्था गर्नुका साथै सहकारीका कर्मचारी र शेयर सदस्यहरुको कोरोना बिमा गर्ने लगायतका काम सहकारीहरुले गरेको संघको निष्कर्ष छ ।

जिल्ला सहकारी संघ बागलुङको बुधवार सम्पन्न सञ्चालक समितिको बैठकले कठिन समयमा सहकारी सदस्यहरुको सहयोगी संस्था हो भन्ने पुष्टी बागलुङका सहकारीहरुले गरेको जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले बताउनुभयो ।

सहकारीहरुले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सञ्चालन गरेका विपद व्यवस्थापन कोषमा आर्थिक सहयोग गर्नुका साथै कृषि, फलफूल, दुग्ध, सञ्चार, स्वास्थ्य, फोहोर व्यवस्थापन लगायतका क्षेत्रमा काम गर्नुका साथै कोरोना नियन्त्रण, रोकथाम र उपचारका क्षेत्रमा राज्यसंग सहकार्य गरेर अगाडि अध्यक्ष गौतमले बताउनुभयो ।

लकडाउनको समयमा जिल्ला विपद व्यवस्थापन समितिसंग सहकार्य तथा जिल्ला सहकारी संघको संयोजनमा हप्तामा दुई सेवा सञ्चालन गरेका सहकारीहरुलाई सुरक्षित भई नियमित रुपमा सेवा सञ्चालन गर्न संघले आव्हान गरेको छ ।

लकडाउनको स्वरुप फेरिएकोले परिस्थिति अनुसार नियमित सेवा सञ्चालन गर्न आव्हान गरेका छौ, जिल्ला सहकारी संघ बागलुङका सचिव तेजेन्द्र बहादुर थापाले भन्नुभयो–लकडाउनको स्वरुप फेरिए पनि कोरोना संक्रमणको अवस्था दिन प्रति दिन बढ्दै गएकोले सेवासंगै सुरक्षा अपनाउने विषयमा सचेत हुनु पर्दछ ।

संघको वैठकले बागलुङ जिल्लाका दश वटै स्थानीय तहलाई सहकारी मैत्री नीति तथा कार्यक्रम निर्माणका लागि सुझाव दिने निर्णय गरेको छ । नेपालको संविधान २०७२ ले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि सरकारी, सहकारी र निजी क्षेत्रको समन्वयकारी भूमिकालाई स्थानीय सरकारहरुले पनि कार्यान्वयन गर्नका लागि ध्यानाकर्षण गराउन लागिएको संघका अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

राष्ट्रिय सहकारी महासंघको संयोजन तथा विषयगत केन्द्रीय सहकारी संघहरुको समेत सहयोगमा काठमाडौंमा सञ्चालित कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण सहकारी केन्द्रका लागि आर्थिक सहयोग गर्न जिल्लामा सञ्चालित सहकारीहरुलाई आव्हान गरिएको जिल्ला सहकारी संघ बागलुङका कोषाध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमाकुमारी जिसी (अञ्जु) ले जानकारी दिनुभयो ।

नेपालको सहकारी अभियानको तर्फबाट नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडमा सञ्चालित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा सहकारी क्षेत्रको कोरोना भाइरस नियन्त्रण सहकारी केन्द्र स्थापना गरिएको छ ।

नेपाल सरकार र सहकारी अभियानको तर्फबाट सञ्चालित केन्द्र सञ्चालनका लागि देशभरका सहकारीहरुले सहयोग गर्दै आइरहेका छन् । कोरोना भाइरस नियनत्रण सहकारी केन्द्रको राष्ट्रिय सहकारी दिवसको अवसरमा गत चैत २० गते भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्यालले उद्घाटन गर्नु भएको थियो ।

वैठकले आगामी असार २० गते अन्तर्राष्ट्रिय सहकारी दिवस रचनात्मक कार्यक्रम सहित मनाउने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय सहकारी महासंघको आव्हानमा इस्वी सम्वतको हरेक वर्ष जुलाईको पहिलो शनिवार विश्वभर अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ ।

वि.सं.२०७७ असार ३ बुधवार १८:५२ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...