back
NMB ad

नेपाल कोरोना संक्रमितको संख्या असार अन्तिमसम्म ४० हजार पुग्ने सरकारी प्रक्षेपण

Kumari bank ad

काठमाडौ । स्वास्थ्य मन्त्रालयले असार अन्तिमसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ४० हजार पुग्न सक्ने प्रक्षेपण गरेको छ।

मन्त्रालयले गरेको आन्तरिक प्रक्षेपणमा संक्रमितको संख्या धेरै बढ्ने भएकाले त्यहीअनुसारको तयारी थाल्नुपर्ने औँल्याएको खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

मन्त्रालयले तयार पार्दै गरेको ‘कोभिड–१९ को महामारी व्यवस्थापनका लागि भौतिक स्रोतको पहिचान तथा जनशक्ति व्यवस्थापन मार्गदर्शन’ मा ४० हजार संक्रमितमध्ये ८० प्रतिशत अर्थात् ३२ हजार संक्रमितमा कुनै लक्षण र असर नदेखिने भन्दै उनीहरूलाई होम क्वारेन्टाइन वा होम आइसोलेसनमै राखिने उल्लेख छ ।

त्यस्तै, संक्रमितको १५ प्रतिशत अर्थात् ६ हजारलाई अस्पताल केयर र आइसोलेसन बेड चाहिन सक्ने अनुमान गरिएको छ । ५ प्रतिशत अर्थात् दुई हजारलाई भेन्टिलेटरसहितको सेवा चाहिने आकलन गरेको छ ।

मन्त्रालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने व्यक्तिहरूमध्ये संक्रमणको लक्षण देखिएकालाई आइसोलेसनमा व्यवस्थापन गरिनेछ ।

त्यस्तै, स्थलगत नाकाबाट आउने संक्रमणको लक्षण नभएकालाई होल्डिङ गर्ने तथा सम्बन्धित स्थानीय तहसम्म पु¥याउने काम सम्बन्धित प्रदेश सरकारको समन्वयमा नेपाली सेनाले गर्ने र संक्रमण देखिएका व्यक्तिलाई आइसोलेसनमा व्यवस्थापन गरिनेछ ।

संक्रमणको सामान्य लक्षण नदेखिएको, तर पहिलादेखि नै कुनै दीर्घरोगबाट ग्रसित रहेकालाई स्वास्थ्यकर्मीको निगरानीसहित सामूहिक आइसोलेसनको व्यवस्था स्थानीय तहले गर्ने जनाइएको छ ।

होम क्वारेन्टाइन तथा आइसोलेसनमा रहेका व्यक्तिसँग समन्वय, सम्पर्क गर्न तथा आवश्यक स्वास्थ्य सल्लाह दिने स्वास्थ्यकर्मी व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्नुपर्ने, मध्यम र जटिल लक्षण भएका बिरामीको उपचारको व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गर्ने मार्गनिर्देशनमा उल्लेख छ ।

आगामी १५ असारदेखि दैनिक १० हजारको पिसिआर परीक्षण गर्ने तयारी छ । कोरोना संक्रमितको पहिचान गर्नकै लागि परीक्षणको दायरा फराकिलो बनाउन लागिएको हो । आगामी कात्तिकसम्म ६ लाखदेखि १० लाखसम्म मानिसको परीक्षण गर्ने तयारी छ ।

मास्कको प्रयोग, भिडभाडबाट टाढै रहने, नियमित साबुनपानीले हात धुने गरेमा कोरोना संक्रमण फैलिनबाट रोकिने मन्त्रालयका प्रवक्ता गौतमले बताए ।

वि.सं.२०७७ असार ४ बिहीवार १०:०७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...