back
NMB ad

भोलिदेखि नयाँ नियम : मध्यान्ह १२ बजेसम्म मात्रै बजार तथा पसल खोल्न पाइने

Kumari bank ad

नारायण खड्का, दाङ । तुल्सीपुर बजारमा शुक्रबारदेखि नयाँ नियम लागू हुने भएको छ । बजारका व्यापार व्यवसाय मध्यान्ह १२ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि शुक्रबारदेखि तुलसीपुरमा १२ बजेसम्म मात्रै बजार पसल सञ्चालन गर्न पाइने भएको हो। बिहीबार तुल्सीपुर उपमहानगरपालिकामा बसेको सरोकारवालाको बैठकले त्यस्तो निर्णय गरेको हो। तर यसमा अत्यावश्यक सेवाहरु भने पूर्ववत अवस्थामै सञ्चालन हुने छन्।

बुधबार मात्रै जिल्ला प्रशासन कार्यालय घोराहीमा बसेको जिल्ला संकट व्यवस्थापन समितिले जिल्लाभर साँझ ५ बजेसम्म बजार खोल्न दिने निर्णय गरेको थियो। त्यो निर्णय भएको दोस्रो दिन नै तुलसीपुरमा छुट्टै नियम लागू गर्ने निर्णय भएको हो।

तुल्सीपुर उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय तुलसीपुर, इलाका प्रशासन कार्यालय तुलसीपुर लगायत सरोकारवाला सबै पक्षको बैठकले यस्तो निर्णय गरेको हो।

तत्कालका लागि तुलसीपुर क्षेत्रमा कोरोना पोजेटिभको संख्या न्यून भएपनि संक्रमणको चुनौति यथावत रहेको हुँदा त्यसबाट जोगिन यस्तो निर्णय गरिएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए।

बैठकले कोरोना संक्रमितको शव व्यवस्थापन गर्नका लागि स्थानको समेत छनौट गरेको छ ।त्यसका लागि तुलसीपुर १२ स्थित टरिगाउँ एयरपोर्टको पूर्वतर्फ उपमहानगरपालिकाले भाडामा लिएको जग्गा, वडा नं. १२ स्थित सिलतपुर शवदाह गृहको उत्तर तर्फको जग्गा र वडा नं. ७ स्थित गैराखाली सामुदायिक वनको खाली जग्गालाई छनोट गरिएको छ। -सेतोपाटीबाट

वि.सं.२०७७ असार ४ बिहीवार १८:०५ मा प्रकाशित

You can share this post!

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...