back
NMB ad

६ जना स्वास्थ्यकर्मी सहित थप ४१ जनामा कोरोना पुष्टि, हालसम्म कति पुगे संक्रमित ?

Kumari bank ad

बाजुरा । बाजुरा जिल्लामा थप ४१ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।  बुधबार आएको रिपोटमा १५ जना महिला र २६ जना पुरुष गरी ४१ जनामा संक्रमण देखा परेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए ।

४१ जनाको जेठ २३ र जेठ ३० गते पीसीआरका लागि स्वाब संकलन गरी सेति प्रदेशिक अस्पताल धनगढीमा पठाइएको थियो । ६ जना स्वास्थ्यकर्मीमध्ये ४ जना बडिमालिका नगरपालिकाका, एक जना स्वास्थ्य कार्यलय बाजुराका र एक जना बाजुरा अस्पतालका कर्मचारी रहेका पन्तले बताए ।

सबै जना कोरोना संक्रमितको उपचारमा खटिएका थिए । ४० जना संक्रमित बडिमालिका नगरपालिकामा बसोवास गर्ने हुन्, भने १ जना बुढिगंगा नगरपालिकाका रहेका छन् ।

बाजुरामा ६२ जना कोरोना संक्रमित पुगेका छन् । २ वर्षीया बालिकाको मृत्यु भइसकेको छ, भने एक जना कोरोना जितेर घर फर्किसकेका छन् । १ जनालाई आज मात्र डिसचार्ज गरिएको हो । १७ जना धुरालसैन क्वारेनटाइनमा उपचार बसिरहेका छन् । एक जना धनगढीमा उपचार गराइरहेका छन् ।

वि.सं.२०७७ असार ४ बिहीवार १८:५४ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...