back
NMB ad

कुवेतबाट आएका नौ महिलासहित सिन्धुपाल्चोकमा १८ जनामा कोरोना संक्रमण

Kumari bank ad

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मेलम्चीमा बसेका ८ जना र बाहुनेपाटीमा रहेका १८ जनको गरी जम्मा २६ जनाको स्वाव संकलन गरि असार १ गते परिक्षणको लागि टेकु प्रयोगशाला काठमाडौं पठाइएकोमा मेलम्चीको क्वारेन्टाइनमा रहेका ५ जना र बाहुनेपाटीको क्वारेन्टाइनमा रहेका १३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यो सँगै सिन्धुपाल्चोकमा सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका अनुसार गएराति आएको रिपोर्टमा १८ जनाको पिसीआर पोजेटिभ देखिएको हो ।

संक्रमितहरु पाँचपोखरी गाँउपालिकाका १० जना, हेलम्बु गाँउपालिकाका ३ जना र मेलम्ची नगरपालिकाका ५ जना रहेका छन् । उनीहरुमध्ये ९ जना महिला, सातजना पुरुष रहेका छन् । कुवेतबाट आएका १० महिलामध्ये ९ जनामा कोरोना संक्रमण देखिएको हो ।

उनीहरु जेठ २९ गते स्वदेश फर्केका थिए । त्यस्तै दोलखाबाट आएका पाँच पुरुष र भोजपुरबाट आएका चार पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु १८ देखि ४१ वर्ष उमेर समुहका छन् ।

यसअघि इन्द्रावतीका दुई, पाँचपोखरीका दुई र बाह्रबिसे नगरपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको थियो । जसमध्ये एकजनाको मृत्यु भएको छ, भने एकजना निको भएर घर फर्केका छन् ।

वि.सं.२०७७ असार ५ शुक्रवार ०८:४२ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:५०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन...

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते   

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते   

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:३८

कास्की, ६ वैशाख : पोखरामा आज बिहान भएको दुर्घटनामा परी...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:२७

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगाा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:२१

काठमाडौँ, ६ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सुनको भाउमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:१६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ   

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:५८

फुङ्लिङ (ताप्लेजुङ), ६ वैशाख : ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र...