काठमाडौं । चैतारी लघुवित्त र आरम्भ लघुवित्त मर्जर पश्चात आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट असार २२ गतेदेखि एकिकृत कारोबार शुरु हुने भएको छ ।
यी दुई कम्पनी एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा २०७६ पुस ९ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको हो । नेपाल राष्ट्र बैंकबाट २०७६ फागुन १८ गते यी दुई लघुवित्त वित्तीय संस्था मर्जरमा जाने स्वीकृति पाएका थिए ।
मर्जर पश्चात आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार हुनेछ ।
वि.सं.२०७७ असार ५ शुक्रवार १२:२६ मा प्रकाशित