विराटनगर । विराटनगर महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । खण्डग्रास सूर्यग्रहणको कारण महानगरपालिकाले मातहतका निकायमा बिदा दिने निर्णय गरेको हो ।
महानगर कार्यालय तथा वडा कार्यालयहरुमा सार्वजनिक बिदा दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पराजुलीले जानकारी दिएका छन् । सूर्यग्रहण भए पनि विराटनगर क्षेत्रका बैंक तथा वित्तीय संस्था भने खुल्ने भएका छन् ।
वि.सं.२०७७ असार ७ आइतवार ०८:४९ मा प्रकाशित