काठमाडौं । आज (मंगलवार) नेपाली बजारमा सुनको मूल्य आज सामान्य गिरावट आएको छ । सोमबार प्रतितोला ९१ हजारमा कारोबार भएको सुन आज भने ४ सयले घट्दै ९० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला ९४० मा कारोबार भइरहेको छ ।
वि.सं.२०७७ असार ९ मंगलवार १०:५८ मा प्रकाशित