back
NMB ad

मुख्यमन्त्री पौडेलद्धारा पुर्वी मकवानपुरमा अनुगमन

Kumari bank ad

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार पुर्वी मकवानपुरमा अवलोकन गर्नुभएको छ । पुर्वी मकवानपुरको बागमती र बकैया गाउँपालिकाको समग्र विकास निर्माणका बारेमा जानकारी लिनुका साथै उहाँले बिशेष गरि मकवानपुर र सिन्धुली जोड्ने धरान चतरा सडक अन्तरगतको वागमती खोलामा निर्माणधिन पुलको स्थलगत अवलोकन गर्नुभएको हो ।

मकवानपुर र सिन्धुली जोड्ने वागमती खोलामा निर्माणधिन पुलको स्थलगत अवलोकन गर्नुहुदै मुख्यमन्त्री पौडेलले पुल निर्माणको काम संतोषजनक नै भएको बताउनुभयो । तर अझै भने अनुसारको काम भने हुन नसकेको उहाँको भनाई थियो ।

प्रदेशका विभिन्न जिल्लालाई राजधानी हेटौंडासंग जोड्न धरान चतरा सडक खण्ड अन्तरगतको उक्त पुल महत्वपुर्ण भएकाले मुख्यमन्त्री पौडेलले पुल निर्माणमा बिशेष चासो र चिन्ता लिनुभएको छ । पुल निर्माणले राजधानी हेटौंडासंग सिन्धुली, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, रसुवालगायतका जिल्लालाई सडक संजालसंग सहज रुपमा जोड्न सकिन्छ ।

यसका साथै पूर्वपश्चिम राजमार्गमा सवारी चापलाई घटाउने र तराई क्षेत्रमा बिभिन्न बहानामा हुने अवरोधलाई हटाउन समेत हेटौंडा–धरान सडक महत्वपूर्ण मानिएको छ । ३१८ किलोमिटर लामो यो सडकले धरानलाई चतरा, गाईघाट, सिन्धुली हुँदै मकवानपुरको हेटौंडासँग जोड्छ । हाल हेटौंडा–सिन्धुली र सिन्धुली–उदयपुर गरी दुई खण्डमा सडक निर्माणको काम दु्रतगतीमा चलिरहेको छ ।

सडक हेटौंडाको बुद्धचोकवाट सुरु भई भित्री मधेस, चुरेभावर, शिवालिक तथा दुनरउपत्यकालाई यातायात सञ्जालमा जोड्दै धरान पुगेर टुंगिन्छ ।

सो क्रममा मुख्यमन्त्री पौडेलले वागमती खोलाको नदि उकास क्षेत्रको सयौं बिगाहा जमिनको संरक्षण र उपभोगका लागि वागमती गाउँपालिकालाई निर्देशन दिनुभयो । नदि उकासको उक्त जमिनलाई उपयोगमा ल्याएर आर्थिक उपार्जन र रोजगारी सृजना गर्न सकिने बताउनुभयो । उहाँले जमिनको उपयोगिताका लागि कार्यविधि बनाए कार्यान्वय गर्न र संरक्षणमा लाग्न निर्देशन दिनभयो ।

सो क्रममा मुख्यमन्त्री पौडेलले पुर्वी मकवानपुरको वागमती र बकैया गाउँपालिकाको समग्र विका निर्माणलगायतका बारेमा समेत जानकारी लिनुभएको थियो । उहाँले विभिन्न आयोजनाहरुको समेत अवलोकन गर्नुभयो ।

अनुगमनमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, सदस्य देवराज रिमाल, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष धनमाया स्याङतान, बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, समन्वय अधिकारी आनन्दराज पोखरेल, जिससका कर्मचारीहरु, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतहरु, कर्मचारीहरुलगायतको सहभागिता थियो ।

वि.सं.२०७७ असार ९ मंगलवार १२:०० मा प्रकाशित

You can share this post!

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...