back
NMB ad

यी दुई कम्पनीलाई धितोपत्र बोर्डले दियो आईपीओ विक्री अनुमति

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई आइपिओ निष्कासन तथा बिक्रीको अनुमति दिएको छ । बोर्डले अजोड इन्स्योरेन्स कम्पनी र साधना लघुवित्त वित्तीय संस्थालाई आइपिओ निष्कासन गर्नको अनुमति दिएको हो ।

साधना लघुवित्तले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता आइपिओ निष्कासन गर्न लागेको हो । इक्रा नेपाल लिमिटेडले कम्पनीको आइपिओलाई ग्रेड ४ रेटिङ दिएको छ । यस रेटिङले कम्पनीको आधारभूत पक्ष औसतभन्दा तल रहेको बुझाउँछ।

आइपिओ​ बिक्रीपश्चात् कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्नेछ । आइपिओ​ निष्काशनका लागि कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

त्यस्तै अजोड इन्स्योरेन्सले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । इन्स्योरेन्सको आइपिओको प्रत्याभूति ग्लोबल आईएमई क्यापिटल र कुमारी क्यापिटलले गरेका छन् ।
इन्स्योरेन्सको चुक्तापूँजी ७० करोड रहेको छ । सर्वसाधारणलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्तापूँजी १ अर्व हुनेछ ।

केयर रेटिंङस नेपालले कम्पनीको आइपिओलाई ग्रेड ४ को रेटिंङ दिएको हो । ग्रेड ४ ले कम्पनीको अवस्था औसतभन्दा कमजोर रहेको बताउँछ ।

त्यसैगरी, जनरल इन्स्योरेन्स कम्पनीले आइपिओ​ निष्कासनका लागि सेबोनमा आवेदन दिएको छ ।
कम्पनीले ३० लाख कित्ता आइपिओ निष्कासनका लागि आवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७७ असार ९ मंगलवार १३:२९ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...