back
NMB ad

नेकपा स्थायी कमिटी बैठक बस्दै

Kumari bank ad

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रत्येक ३ महिनामा बस्नुपर्ने बैठक गत पुषयता बस्न सकेको थिएन ।

प्रधानमन्त्री निवास बालुवटारमा आज बिहान ११ बजे बस्ने बैठकमा एमसीसी, कोरोनाभाइरस, सरकार र पार्टी संचालनको समीक्षा, नागरिकता विधेयक लगायतका विषय मोटामोटी छलफलका विषय बन्ने सदस्यहरुको भनाइ छ ।

यसअघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँदा स्थायी कमिटी बैठक बोलाउनु पर्ने चर्को माग उठेको थियो ।

तर, सत्ता समीकरण र सचिवालय नेताहरुको गुटबन्दीमा त्यति बेला नेकपा अध्यक्ष ओलीले व्यवस्थापन गर्न सकेपछि यो बैठक सारिएको थियो ।

पहिले २५ वैशाखमा र पछि ३१ वैशाखका लागि बोलाइएको स्थायी कमिटी बैठक यसै टरे । ३१ वैशाखमा नेकपाका स्थायी कमिटी सदस्य भीम रावलको सुरक्षार्थ खटिएका एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि यो बैठक स्थगित भएको थियो ।

वि.सं.२०७७ असार १० बुधवार ०८:४६ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...