काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या १० हजार ७२८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार ६२९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० हजार ७२८ पुगेको हो । कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
अहिलेसम्म क्वारेन्टाइनमा ७८ हजार ६ सय ३९ जना छन् । त्यसैगरी आठ हजार तीन सय ४६ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।
वि.सं.२०७७ असार १० बुधवार १६:११ मा प्रकाशित