back
NMB ad

काठमाडौं उपत्यकामा फेरि थपिए कोरोनाका नयाँ संक्रमित

Kumari bank ad

काठमाडौं । काठमाडौं उपत्यकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि गरेका हुन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा काठमाडौंका एक पुरुष र पाटन अस्पताल ललितपुरको प्रयोगशालमा गरिएको परीक्षणमा ललितपुरकी एक महिलामा कोरोना संक्रमण देखिएको हो।

योसहित नेपालमा संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ। बुधबार मात्र ६२९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ।मन्त्रालयका अनुसार थप ११४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १ लाख ९३ हजार १९४ र आरडीटी विधिबाट २ लाख ८३ हजार ६९६ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा पीसीआर विधिबाट ६ हजार ८२८ र आरडीटी परीक्षणमा १२ हजार ११२ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ७८ हजार ६४८ छन् भने आइसोलेसनमा ८ ३६६ जनाको उपचार भइराखेको छ। रेडजोनमा ५०९ जना रहेका छन्। ललितपुरका एकजना रेडजोनमा परेका छन्।

वि.सं.२०७७ असार १० बुधवार १६:२६ मा प्रकाशित

You can share this post!

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...