काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचारत एकजना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।
चितवन स्थायी ठेगाना भएर ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने ५० वर्षीय पुरुषको बिहीबार बिहान उपचारकै क्रममा निधन भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए।
मृतक पुरुषको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो। नर्भिक अस्पतालमा उपचार गराइरहेका ति पुरुषमा कोरोना पोजिटिभ देखिएपछि पाटन अस्पताल ल्याइएको थियो।
योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । बिहीबार मात्र थप दुई जनाको मृत्यु भएको हो । यसको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्न भने बाँकी नै छ ।
वि.सं.२०७७ असार ११ बिहीवार १५:१६ मा प्रकाशित