back
NMB ad

काठमाडौं उपत्यकामा फेरि थप ९ जनामा देखियो कोरोना, को हुन् थपिएका नयाँ संक्रमित ?

Kumari bank ad

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

ललितपुरको पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका दुई महिला, दुई पुरूष र ललितपुरका एक पुरूषमा संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले बिहीबार प्रेस ब्रिफिङमार्फत जानकारी दिएको छ ।

त्यस्तै त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल, महाराजगन्जमा गरिएको परीक्षणमा भक्तपुरका एक महिला र तीन पुरूषमा संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरूषको मृत्यु भएको छ। ललितपुरको महालक्ष्म-५ का ती पुरूषको बिहीबार बिहान मृत्यु भएको हो।

त्यस्तै नेपालभरि पछिल्लो २४ घन्टामा ४ सय ३४ संक्रमित थपिएको हो। हालसम्म नेपालमा कोरोनाभाइरस संक्रमितको कुल संख्या ११ हजार १ सय ६२ पुगेको छ। तीमध्ये २६ जनाको मृत्यु भएको छ।

वि.सं.२०७७ असार ११ बिहीवार १६:४२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...