back
NMB ad

राम्रो कार्य सम्पादन नगर्ने कर्मचारीलाई हटाइने, चालू आवका बाँकी काम १५ दिन भित्र गर्न निर्देशन

Kumari bank ad

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले राम्रो कार्य सम्पादन नगर्ने कर्मचारीलाई हटाइने बताउनुभएको छ ।

मन्त्रालयमा आयोजित मन्त्रालय अन्र्तगतको एसएमटी (सिनियर मेनेजमेण्ट टीम) को बैठकमा बोल्दै मन्त्री भट्टराईले आगामी आर्थिक वर्षको शुरुवातवाटै मन्त्रालय काममा ‘प्रोएक्टिभ’ भएर लाग्ने बताउनुभयो ।

हरेक १ वर्षमा कक्षा चढेजस्तै आफूहरुको पनि एउटा कक्षा चढ्ने बेला आएको उल्लखे गर्दै मन्त्री भट्टराईले चालू वर्षमा सम्पन्न हुन वाँकी काम पनि १५ दिन भित्र गर्न निर्देशन दिनुभयो । उहाँले अब प्रत्येक हप्ता प्रत्येक महाशाखाहरुको कामको रिर्पोटिङ गरिने पनि बताउनुभयो ।

‘अहिल्यै मैले पूर्व सूचना गरेको छु, साउनवाट हामी काममा ‘प्रोएक्टिभ’ भएर लाग्छौं,राम्रो काम नगर्ने कर्मचारीलाई हटाइन्छ, त्यो बेला मन्त्रीले बलपूर्वक हटायो नभन्नु होला,’ उहाँले भन्नुभयो ।

आफूले प्रधामन्त्रीसँग, सचिवले आफूसँग कार्यसम्पादन सम्झौता गर्ने गरेको जानकारी दिंदै मन्त्री भट्टराईले अब कर्मचारीहरुले सचिवसँग कार्य सम्पादनको सम्झौता गर्नुपर्ने र उक्त सम्झौताअनुसार काम भए÷नभएको हरेर कसैमाथि पूर्वाग्रह नराखी पुरस्कृत र कार्वाही जे गर्नुपर्ने हो त्यो गरिने बताउनुभयो ।

मन्त्री भट्टराईले कोभिड–१९ पछि सबै विमानस्थलहरु संचालन गर्ने गरि प्रोटोकलको पूर्वतयारी गर्न, होटल तथा रेष्टुरेण्ट व्यवसाय संचालनका लागि जारी भएको प्रोटोकलको कार्यन्वयन र अनुगमन गर्न पनि सम्बन्धित महाशाखा/निकाय प्रमुखलाई निर्देशन दिनुभयो ।

मन्त्रालयले यस अघि हवाई उडानको लागि र अघिग्लो साता होटल तथा रष्टुरेण्ट,पर्यटनसँग सम्बन्धित कार्यालय तथा पर्यटकीय गतिविधि सञ्चालनका लागि कार्यविधि जारी गरेको थियो । मन्त्रालयका सचिव केदार बहादुर अधिकारीका अनुसार अब पर्यटन क्षेत्रसँग सम्बन्धित अन्य क्षेत्रको लागि पनि कार्यविधि बनाउँदै लगिने छ ।

वि.सं.२०७७ असार १४ आइतवार १३:१३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...