back
NMB ad

समुदायस्तरमा फैलियो कोरोना : असार २० गतेसम्म पसल पूर्णरुपमा बन्द गर्ने निर्णय !

Kumari bank ad

नविन शिशिर, बागलुङ । बागलुङको काठेखोला गाउँपालिकामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि गाउँपालिकालाई एक हप्ताको लागि सिल गरिएको छ ।

बिहुँ–६ अमर मावि क्वारेन्टाइनमा रहेकाहरुलाई खाना खुवाउने तथा सुरक्षकर्मीलाई कोरोना पुष्टि भएपछि कार्यपालिकाको आकस्मिक बैठकले एक हप्ताको लागि सिल गर्ने निर्णय गरेको हो । आज राति १२ बजेदेखि असार २० गते राति १२ बजेसम्म सिल गर्ने गरिएको छ ।

बैठकले दुध, एम्बुलेन्स, सुरक्षाकर्मी तथा निर्माणको सवारी बाहेक अन्य सवारी संचालनमा रोक लगाउनका साथै मध्य पहाडी लोकमार्ग निर्माण कार्यमा प्रयोग हुने सवारीलाई सिधा सिधा संचालन मात्रा गर्न दिने, विचविचमा रोक्न नपाउने निर्णय गरेको नायव सुब्बा मनोज कार्कीले जानकारी दिए ।

तत्कालको लागि टोल–टोलमा संचालन भएको शैक्षिक गतिविधि, होटल, पसल पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा सुरक्षकर्मी बाहेक अन्यलाई हिड्डुलमा समेत बन्देज लगाउने निर्णय भएको छ । बैठकको निर्णय कार्यान्वयनको लागि जिल्ला प्रशासन र प्रहरीसँग समन्वय गर्ने बताइएको छ ।

क्वारेन्टाइन व्यवस्थापनको लागि प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा राजनीतिक दल, सुरक्षाकर्मी, वडा सदस्य, सम्बन्धी विद्यालयका प्रधानध्यापक सदस्य सचिव रहने गरी समिति गठन गरिएको छ ।

अमर मावि क्वारेन्टाइनमा खाना व्यवस्थापनको लागि बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रका अध्यक्ष कृष्ण प्रसाद कँडेललाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।

समुदाय स्तरमा कोरोना फैलिएपछि उनीहरुको सम्पर्कमा आएका व्यक्तिको खोजी तथा स्वासथ्य परीक्षणको लागि गाउँपालिकाका टिपिआइ समूहलाई जिम्मेवारी दिने निर्णय भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकको भनाई छ ।

काठेखोला गाउँपालिकामा हालसम्म २६ जनामा कोरोना पोजेटिभ देखिएको छ । ती मध्य तीन जना नेपालमा रहेका व्यक्ति हुन भने अन्य भारतदेखि आएका थिए ।

वि.सं.२०७७ असार १४ आइतवार १४:३५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...