back
NMB ad

माझीले ढुङ्गा सम्झेर १२ वर्षसम्म खाटमुनि राखेको मोती विश्वकै ठूलो !

Kumari bank ad

एजेन्सी । फिलिपिन्सका एक माझिले ढुङ्गा सम्झेर खाटमुनि राखेको मोती विश्वकै ठूलो रहेको बताइएको छ । ३४ केजी तौल रहेको सो मोती, विश्वकै ठूलो मोती रहेको अधिकारीहरूले दाबी गरेका छन्।

अचम्मको कुरा त सो मोतीलाई एक माझीले आजभन्दा १२ वर्ष अगाडि नै फेला पारेका हुन्। तर यसको मूल्य थाहाँ नहुँदा ती माझीले मोतीलाई शुभ संकेत प्रदान गर्नेको रूपमा राखेका थिए।

३४ किलोग्राम ढुङ्गाले उनले साधारण भन्ने सोचेर आफ्नो खाटमुनि राखेका थिए तर यो ढुङ्गा पछि अमूल्य मोती भएको खुलेको थियो । यसको लागि १० अर्ब ७२ करोड रुपैयाँको मूल्य लगाइएके थियो ।

“हामी सबै चकित पर्यो जब उनले मोती हामीकहाँ ल्याए,” एक अधिकारीले भने। फिलिपिन्सका अधिकारीहरू सो मोतीनै विश्वको सबैभन्दा ठूलो मोति रहेको दाबी गर्छन् ।

फिलिपिन्सको पलावन टापुमा बस्ने उक्त माझीले सन् २००६ मा एक समुद्रमा माछा मार्ने क्रममा त्यहाँ आएको समुद्री आँधीमा फसेका थिए । उनको ज्यान उक्त ढुङ्गाको कारण बचेको थियो । त्यो ढुङ्गा सेतो रङ्गको राम्रो थियो । आफ्नो ज्यान बचाउने उक्त ढुङ्गालाई उनले आफ्नो भाग्य मनेर घरमा ल्याएका थिए र १२ वर्षसम्म खाटमुनि राखेका थिए ।

सो मोतीको चौडाइ ६१ सेन्टीमिटर र लम्बाईं ३० सेन्टीमिटर छ। अहिलेको सबैभन्दा ठूलो मोती “पर्ल अफ लावो जु” को तौल ६ दशमलव ४ केजी छ ।

वि.सं.२०७७ असार १४ आइतवार १६:०९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...