back
NMB ad

चीनमा फेरि फेला पर्यो विश्वव्यापी महामारी बन्न सक्ने खतरनाक नयाँ ‘फ्लू भाइरस’ !

Kumari bank ad

काठमाडौं । विश्वव्यापी महामारी बनेर फैलिने सक्ने क्षमता भएको एउटा नयाँ फ्लू भाइरस चीनमा फेला परेको वैज्ञानिकहरूले बताएका छन्।
उनीहरूका अनुसार मानिसहरूलाई सङ्क्रमण गर्न सक्ने उक्त भाइरस भर्खरै विकसित भएको र सुँगुरमा भेटिएको हो।

उक्त भाइरसको संरचनामा परिवर्तन हुनसक्ने भएकाले मानिसबाट मानिसमा सर्ने र विश्वभरि फैलिने सम्भावनाले अनुसन्धानकर्ताहरू चिन्तित छन्।तत्कालका लागि समस्या नभए पनि उक्त भाइरसमा मानिसलाई सङ्क्रमण गर्न आवश्यक सबै गुण भएकाले चनाखो हुनुपर्छ।

उक्त भाइरस नयाँ भएकाले मानिसहरूमा त्यसलाई प्रतिरोध गर्न न्यून वा शून्य क्षमता छ। प्रोसीडिङ्स अफ द न्याश्नल अक्याडमी अफ साईअन्सेज नामक जर्नलमा वैज्ञानिकहरूले सुँगुरमा उक्त भाइरस नियन्त्रण गर्न तथा सुँगुरपालन उद्योगमा काम गर्ने मानिसहरूलाई निगरानी गर्न आवश्यक उपायहरू राम्ररी कार्यान्वयन हुनुपर्ने उल्लेख गरेका छन्।

यो भाइरस कस्तो छ ?

यो नयाँ भाइरस सन् २००९ मा फैलिएको स्वाइन फ्लूसँग मिल्दोजुल्दो छ। तर यसमा केही भिन्नताहरू पनि छन्। यो अहिले फैलिएको त छैन तर यसबारे अनुसन्धान गरिरहेका प्राध्यापक किन-चाउ चाङ र उनका सहकर्मीहरूका अनुसार यसलाई निगरानीमा राख्नुपर्छ।

अनुसन्धानकर्ताहरुले उक्त भाइरसलाई  G4 EA H1N1 भन्ने गरेका छन्। उक्त भाइरस मानिसको श्वासनलीमा भएका कोषमा बढ्न र फैलिन सक्छ।

उनीहरूले वधशाला र सुँगुरपालनसँग सम्बन्धित कृषि उद्योगमा कार्यरत मानिसहरूमा त्यो भाइरसले सङ्क्रमण गरेको प्रमाण फेला पारेका छन्। अहिले उपलब्ध फ्लूका खोपहरू यो भाइरसविरुद्ध प्रभावकारी छैनन्।

यूकेको नटिङघम यूनिभर्सिटीमा कार्यरत प्राध्यापक किन-चाउ चाङले बीबीसीलाई भने, “अहिले कोरोनाभाइरसका कारण हाम्रो ध्यान मोडिएको छ। तर हामीले सम्भावित खतरनाक नयाँ भाइरसलाई बेवास्ता गर्नु हुँदैन।” -बीबीसी

वि.सं.२०७७ असार १६ मंगलवार ११:३७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...