काठमाडौं । कुमारी बैंक र देव स् विकास बैंकले असार २८ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् ।नेपाल राष्ट्र बैंकबाट असार १० गते अन्तिम स्वीकृति पाएसँगै यी दुई कम्पनीले एकीकृत कारोबार शुरु गर्न लागेका हुन् ।
देव: विकास बैंकको शून्य दशमलव ८६ कित्ता शेयर बराबर कुमारीको १ कित्ता शेयर आदान प्रदान गर्ने सहमति अनुसार कुमारीले देव: लाई प्राप्ति गरेको हो ।
प्राप्ति सम्वन्धि प्रस्ताव कुमारीले जेठ १९ गतेको विशेष साधारण सभामार्फत र देव स् विकास बैंकले सोहि दिन सम्पन्न १३ औं वार्षिक साधारण सभामार्फत पारित गराएका थिए । सोहि सभाबाट देव स् विकास बैंकले ८ दशमलव ५५ प्रतिशत बोनस शेयर पनि पारित गरेको छ ।
बोनस पश्चात देव स् विकास बैंकको चुक्तापूँजी रू. ३ अर्ब ४४ करोड ८७ लाख ४२ हजार पुगेको छ । देव स् विकास बैंकले तेस्रो त्रैमाससम्म कायम चुक्तापूँजी रू. ३ अर्ब १७ करोड ७१ लाखको आधारमा ८ दशमलव ५५ प्रतिशत बोनस शेयर दिएको छ ।
कुमारी बैंकको चुक्तापूँजी रू. ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार रहेको छ । दुबै कम्पनी एक भएपछि चुक्तापूँजी रू. १३ अर्ब २८ लाख ७२ हजार पुगेको छ ।
वि.सं.२०७७ असार १६ मंगलवार १२:०९ मा प्रकाशित