काठमाडौं। काठमाडौंमा थप १२ जना कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच महिला र सातजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका दुई पुरुष, पाटन अस्पतालमा एक महिला र त्रिवि शिक्षण अस्पतालमा चार महिला र पाँच पुरुषमा संक्रमण देखिएको हो।
वि.सं.२०७७ असार १६ मंगलवार १७:०६ मा प्रकाशित