back
NMB ad

नागढुङ्गा सुरुङमार्ग निर्माणको काम ठप्प

Kumari bank ad

काठमाडौं । नागढुङ्गामा नेपालको पहिलो सुरुङमार्ग निर्माणको काम अघि बढ्न सकेको छैन । कोभिड–१९ नियन्त्रणको लागि सरकारले जारी राखेको लकडाउनमा सुरुङमार्ग निर्माण ठप्प भएको हो ।

आयोजनाको निर्माण सुरु भएको केही दिनमा नै लकडाउनको कारण यहाँ कार्यरत विदेशी र नेपाली सबै फर्किएपछि निर्माणको काम ठप्प भयो । निर्माण कम्पनीले आवश्यक सबै सामग्री निर्माणस्थलमा ल्याए पनि जनशक्ति अभावमा काम हुन नसकेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ ।

सरकारले ४२ महिनामा निर्माण सक्ने गरी हाज्मा आङ्लो कर्पाेरेशनलाई निर्माणको जिम्मेवारी दिएको थियो । जापान सरकारको ऋण सहयोगमा निर्माणाधीन यो आयोजनामा लामो समयसम्म काम नहुँदा निर्धारित समयमा निर्माण सम्पन्न नहुने देखिएको महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताउनुभयो ।

उहाँका अनुसार निर्माणस्थलमा अहिले १०र१२ स्थानीय कामदार मात्रै छन् । उहाँले भन्नुभयो, ’पाँचरसात सय जना काम गरिरहेकामा १०’१२ जनाले के गर्नु छ र ?’ सरकारले गत चैत ११ मा लकडाउन लागू गरे पनि कम्पनीले निर्माणको काम रोकेको थिएन । स्थानीयवासीले विरोध गरेपछि काम रोकेर कामदारलाई उनीहरुको घर–घर फर्काइएको प्रमुख थापाले बताउनुभयो ।

जापानी संस्थाले सरकारको नियमको पालना गर्दा नेपालीलाई पनि घर फर्काएको थियो भने विदेशी कामदार पनि फर्किएका थिए । लाकडाउन लागू भएको एक महिनापछि विकास निर्माणलाई निरन्तरता दिइने भने पनि निर्माणस्थलमा काम गर्ने वातावरण नबनेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ’टाढा–टाढाका जिल्लामा गएकालाई फर्काएर ल्याउन सक्ने अवस्था थिएन ।’ निर्माण कम्पनीले गत असोजदेखि काम सुरु गरे पनि सुरुको महिनामा कामदार र निर्माण सामग्री व्यवस्थापनको काम गरेको थियो । कतिपय सामग्री नेपाली भए पनि कतिपय जापानबाट ल्याइएको उहाँले बताउनुभयो । कम्पनीले विस्फोटक पदार्थको लागि अनुमति पाइसकेको छैन । उहाँले भन्नुभयो, ’हामीले मागेभन्दा आधाको मात्रै स्वीकृति पाएका छौँ ।’

निर्माण सुरु भएको ५र६ महिनाको अवधिमा कम्पनीले माटो सम्याउने, आवश्यक सामग्रीको व्यवस्थापन गर्ने, जनशक्ति ल्याउनेलगायत काम अघि बढाएको सडक विभागले जनाएको छ । कम्पनीले अहिले आयोजनास्थलसम्म पुग्ने पहुँच सडक निर्माण सुरु गरिसकेको छ । त्यही आयोजना अन्तर्गत काठमाण्डौतर्फ बलम्बुसम्म दुई दशमलव पाँच किमी र धादिङतर्फ पाँच सय मिटर सडक निर्माण हुँदैछ । आयोजना हेर्ने गरी शिविर कार्यालय निर्माण र निर्माणस्थललाई पर्खालले घेर्ने काम भइसकेको छ ।

सुरुङको कुल लम्बाइ दुई दशमलव सात किमिको हुनेछ । आयोजना अन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुई सुरुङ निर्माण हुनेछ । दुई ‘फ्लाइ ओभर’, एउटा सर्भिस सेन्टर र ३ दशमलव १ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुख र सतुङ्गलमा ‘फ्लाइ ओभर’ बनाउन लागिएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार एउटा लेनको चौडाइ साढे तीन मिटर हुने विभागले जनाएको छ ।

तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीन सवारी साधन सहज आवत जावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रँदा पनि दुई वटै गाडी चल्न सक्नेछन् । सहायक टनेल तत्काल उद्धारको लागि हुने बताइएको छ । ठाउँ–ठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशद्वार बन्नेछ ।

सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यहीँ निर्माणको क्रममा प्रयोग हुने प्रमुख थापाले बताउनुभयो । माटोलाई भने सिस्ने खोलामा भरेर त्यही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिने छ । त्यो स्थानमा बसपार्क, तरकारी सङ्कलन केन्द्रलगायत कक्ष हुने बताइएको छ । निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबेँसी नगरपालिकामा नै हस्तान्तरण हुनेछ । केन्द्रबाट सेवा शुल्क उठाएर नगरपालिकाले आर्थिक उपार्जन गर्ने र त्यसैको व्यवस्थापनमा खर्च गर्ने गरी योजना बनाइएको थियो ।

काठमाण्डौ उपत्यका छिर्ने मुख्य नाकाको चाप कम गर्न निर्माण गर्न लागिएको सुरुङमार्गले सञ्चालन भएको सात वर्षमा लगानी बराबरको प्रतिफल दिने अध्ययनमा उल्लेख छ । आयोजना सम्पन्न गर्न २२ अर्ब रुपैयाँ लाग्नेमा जाइकाले १६ अर्ब रुपैयाँ सहयोग गर्ने र ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुङ्गा सुरुङमार्ग निर्माण महाशाखाले जनाएको छ ।

वि.सं.२०७७ असार १७ बुधवार १८:४० मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...