back
NMB ad

स्थानीय तह र सरकारी कार्यालयमा जोड–घटाउ शुरू

Kumari bank ad

काठमाडौं । असार मसान्त नजिकिँदै लाग्दा स्थानीय तह र सरकारी कार्यालयमा जोड घटाउको काम शुरू हुन थालेको छ । चालू आर्थिक वर्षमा सञ्चालन भएका योजना तथा कार्यक्रम अनुगमनमा निस्केका कर्मचारीहरू बलियो बनाउन सुझाव दिनुभन्दा पनि समितिले सञ्चालन गरेका कार्यक्रममा जोड र घटाउको काममा व्यस्त देखिने गरेका छन् ।

आर्थिक वर्षको अन्तिम समय आउनै लाग्दा उपभोक्ता समिति र योजना विनियोजन गर्ने कार्यालयहरू सक्रियरूपमा लागेको पाइएको छ । कोरोना भाइरस कोभिड–१९ को संक्रमण बढेकाले नेपाल सरकारले देश नै लकडाउन गरेपछि चैत महिनादेखि योजनाका काम हुन नसक्दा असार १ गतेदेखि सरकारले लकडाउनलाई केही खुकुलो पारी योजनाका कार्यक्रमहरू गर्न दिने आदेश भएपछि उपभोक्ता समितिले योजनाका काम शुरू गरेका हुन् ।

गत वर्ष चैतदेखि शुरू हुने योजनाका काम यस आर्थिक वर्षमा असार पहिलो हप्तादेखि शुरू भएकाले योजना तथा कार्यक्रम सम्पन्न गर्न उपभोक्ता समितिलगायत समूहलाई धौ–धौ पर्ने देखिएको छ । योजना विनियोजन गर्ने कार्यालयबाट अनुगमन मूल्यांकन पनि हुने गरेका छन् । योजनाका काम असार मसान्तसम्म सम्पन्न गर्न उपभोक्ता समितिलाई सुझाव दिने गरेको समाचार आजको नेपालसमाचार पत्रले प्रकाशन गरेको छ ।

वि.सं.२०७७ असार १८ बिहीवार ०७:२५ मा प्रकाशित

You can share this post!

भ्रष्टाचार अभियोगमा तत्कालीन कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर   

भ्रष्टाचार अभियोगमा तत्कालीन कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:४७

काठमाडौँ, ४ वैशाखः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय...

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन   

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:४२

काठमाडौँ, ४ वैशाखः संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस हुनुभएका तोयम...

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:२९

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको...

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:२५

सिबी अधिकारी काठमाडौँ, ४ वैशाखः कोरोना महामारीका कारण थलिएको नेपालको...

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...