back
NMB ad

नेको इन्स्योरेन्सद्वारा नगद लाभांश बैंक खातामा जम्मा

Kumari bank ad

काठमाडौं । नेको इन्स्योरेन्सले ८ दशमलव १६ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ ।

कम्पनीले जेठ २३ गते २४ औं वार्षिक साधारण सभाबाट पारित गरेको नगद लाभांश चैत २४ गतेसम्म बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो ।

उक्त मितिपश्चात बैंक खाता अद्यावधिक गराउनेहरुको पनि बैंक खातामै नगद लाभांश जम्मा गरिने उक्त कम्पनीले बताएको छ ।हालसम्म पनि बैंक खाता अद्यावधिक नगराएका सदस्यहरुलाई समयमै अद्यावधिक गराई आफ्नो लाभांश सुरक्षित गर्न कम्पनीले अनुरोध गरेको छ ।

कम्पनीको शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । हाल उक्त कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३१ करोड ७४ लाख ३२ हजार छ । अघि आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीले १२ प्रतिशत बोनस शेयर दिएको थियो ।

बीमा समितिको निर्देशन बमोजिम तोके बमोजिमको रू. १ अर्ब चुक्तापूँजी कायम गर्न यस अघि हकप्रद र बोनस शेयरको सहारा लिएको उक्त कम्पनीले यस वर्ष भने नगद लाभांशलाई जोड दिएको हो ।

वि.सं.२०७७ असार १८ बिहीवार ११:१८ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...