back
NMB ad

यस्ता छन् मन्त्रिपरिषदका बैठकका निर्णयहरु (सुचीसहित)

Kumari bank ad

काठमाडौँ । सरकारले असार १५ गते सोमबार बसेको मन्त्रिपरिषदका बैठकका निर्णयहरु सार्बजनिक गरेको छ ।

सोमबारको मन्त्रिपरिषदले जापान सरकारले प्रदान गर्ने ३०० मिलियन (करीब ३० करोड ८० लाख रुपैया) अनुदान सहायता स्वीकार गर्ने, हत्या भई मृत्यु भएका सर्लाही जिल्लाको रामनगर गाउँपालिका वडा नं. ४ बस्ने मृतक रामजलंम रायको परिवारलाई राहतरक्षतिपुर्ति स्वरुप १० लाख (अक्षरेपी दश लाख मात्र ) उपलब्ध गराउने सहित अन्य निर्णय गरेको छ ।

मन्त्रिपरिषदका निर्णयहरु :

१. अर्थ मन्त्रालय स् विद्यालय क्षेत्र विकास कार्यक्रममा जापान सरकारले प्रदान गर्ने ३०० मिलियन (करीब ३० करोड ८० लाख रुपैया) अनुदान सहायता स्वीकार गर्ने ।

२. ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय स् बोराङ्ग नौविसे २२० के।भी। प्रशारण लाइन आयोजना र कुशाहा(बिराटनगर १३२ के।भी। प्रशारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्न प्रारम्भिक कारवाही गर्ने अधिकारी क्रमशः सहायक लेखा अधिकृत प्रल्हाद कुमार कार्की र सहायक प्रशासकीय अधिकृत कृष्ण कुमार खड्कालाई तोक्ने ।

३. गृह मन्त्रालय स् हत्या भई मृत्यु भएका सर्लाही जिल्लाको रामनगर गाउँपालिका वडा नं। ४ बस्ने मृतक रामजलंम रायको परिवारलाई राहतरक्षतिपुर्ति स्वरुप १० लाख (अक्षरेपी दश लाख मात्र ) उपलब्ध गराउने ।

४. परराष्ट्र मन्त्रालय स् संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, जेनेभाको आर्थिक वर्ष २०७६र७७ को लागि नेपाल परराष्ट्र सेवाका राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव (मिनिष्टर) (१) र राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव (मिनिष्टर काउन्सेलरर काउन्सेलर) १ गरी २ (दुई) वटा अस्थायी दरबन्दी नवीकरणरस्वीकृत गर्ने ।

५. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय स् भूमि सम्बन्धी समस्या समाधान आयोग गठन आदेश (पहिलो संशोधन), २०७७ स्वीकृत गर्ने ।

६. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स् हाल स्थगित रहेको श्रम स्वीकृति दिने कार्य देहाय बमोजिम हुने गरी खुला गर्ने ।
क) बिदामा नेपाल आएका तथा भिषा अवधि र करार अवधि बाँकी रहेकाको हकमा कोभिड(१९ परीक्षण र स्वास्थ्य सम्बन्धी प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारीमा जान सहमति दिने ।
ख) यस पूर्वको करार अवधि समाप्त भई पुनस् करार नवीकरण गरेका र भिषाको समेत म्याद थप भएका व्यक्तिले आवश्यक कागजातहरु सहित निवेदन दिएमा कोभिड(१९ परीक्षण र स्वास्थ्य सम्बन्धी प्रोटोकल समेतको आधारमा पुनःश्रम स्वीकृति जारी गर्ने ।

७. (१) विश्वव्यापी महामारीको रूप लिएको कोभिड(१९ को संक्रमण सम्बन्धमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७/२/२८ गतेको निर्णयअनुसार संक्रामक रोग ऐन, द्दण्द्दण् को दफा २ बमोजिम जारी गरिएको आदेशको क्रमसङ्ख्या २ को खण्ड ९फ० पछि देहायको खण्ड ९ब० थप गरी उक्त आदेशलाई मिति २०७७ साउन ट गते मङ्गलबार (तदनुसार २०२० जुलाई २१) मध्यरातसम्मका लागि नेपालभर लागू हुने गरी निरन्तरता दिने । सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने ।
(ब) उपर्युक्त खण्ड (क) देखि (फ) सम्म जुनसुकै व्यहोरा लेखिएको भए तापनि कोभिड(१९ को संक्रमणको जोखिम विश्लेषणका आधारमा जिल्ला कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्र ले सिसिएमसी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी जिल्लाको सम्पूर्ण भू(भाग वा कुनै क्षेत्रमा बन्द गराउन वा सिल गर्न सक्नेछ ।

२) नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७/२/१२ को निर्णयबमोजिम जारी भएको नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश, २०७७ मा उल्लेख भए बाहेक विश्‍वव्यापी महामारीको रूपमा फैलिएको कोभिड(१९ रोगको संक्रमणबाट सुरक्षित रहनका लागि छिमेकी मित्रराष्‍ट्रहरू लगायत अन्य मित्रराष्‍ट्रहरूले चालेका प्रयास र अनुभवसमेतलाई ध्यानमा राखी यस क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई सो रोगको संक्रमणबाट सुरक्षित राख्‍न नेपालको अन्तर्राष्‍ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सवै प्रवेश विन्दु र खुल्ला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमन द्दण्ठ७ असार १६ गते मङ्गलबार मध्यरातसम्मका लागि स्थगित गरिएकोमा हाललाई मिति २०७७ साउन ७ गते मङ्गलबार (तदनुसार २०२० जुलाई २१ ) मध्यरातसम्मका लागि नेपालको अन्तर्राष्‍ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सवै प्रवेश विन्दु र खुल्ला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमन स्थगित गर्ने गरी निरन्तरता दिने। तर, मालसामानको ढुवानीलाई यथावत कायम राख्‍ने। सबै किसिमका आन्तरिक र बाह्य व्यावसायिक यात्रुबाहक हवाई उडानहरू उक्त अवधिसम्म स्थगन गर्ने। यो आदेशको पालना नगरी सीमा नाकाबाट प्रवेश गर्ने गराउने र प्रवेश गरेका मानिसहरूलाई लुकाउने कार्य गरे गराएमा प्रचलित कानूनबमोजिम कारबाही गर्ने ।

३) नेपाल आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकका विदेशी राहदानीबाहक सन्तान, नेपाली नागरिकको विदेशी राहदानीबाहक पति वा पत्नी र स्वदेशमा आफन्तको काजकिरिया गर्न आउनुपर्ने नेपाली मूलका विदेशी राहदानीबाहकलाई सम्बन्धित नेपाली नियोगको सिफारिसमा नेपाल आउन स्वीकृति दिने ।

४) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल डिपार्चररएराइभल लंजमा खटिई फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा वायु सेवा कम्पनीका चेकइन् ब्यागेज लोड अनलोड गर्ने व्यक्तिहरूले प्रयोग गर्ने मास्क, स्यानिटाइजर र ग्लोभ्स स्वास्थ्य तथा जनसङ्‍ख्या मन्त्रालयले उपलब्ध गराउने ।

५) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रुहरूलाई विभिन्न होल्डिङ्ग सेन्टरसम्म लैजान नेपाली सेनाका सवारी साधन प्रयोग गर्ने र सोको लागि आवश्यक इन्धन खर्च नेपाली सेनालाई उपलब्ध गराउने ।

६) हवाईमार्ग वा स्थलमार्गबाट आउने व्यक्तिले आफ्नो घरमा क्वारेन्टिनसरहको सुविधा भएको व्यहोरासहित होम क्वारेन्टाइनमा बस्न अनुरोध गरेमा स्थानीय प्रहरी र वडा समितिको कार्यालयको सिफारिसको आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबमोजिमकोहोम क्वारेन्टाइन सम्बन्धी मापदण्ड पालना गर्ने गरी डिसिसिएमसिले होम क्वारेन्टाइनमा बस्न अनुमति दिन सक्नेछ।

७) विश्‍वव्यापी महामारीको रूप लिएको कोभिड(१९ को संक्रमणको रोकथाम, नियन्त्रणका लागि सरकारले संक्रामक रोग ऐन, द्दण्द्दण् को दफा २ बमोजिम जारी गरेको आदेश जनताको जीवन रक्षाका लागि हो। हालसम्म यो आदेशको पालना गरी साथ दिनुभएकोमा नेपाल सरकार सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

साथै, मिति २०७७ साउन ट गते मङ्गलबार (तदनुसार २०२० जुलाई २१) मध्यरातसम्मका लागि जारी भएको उक्त आदेश र नेपालको अन्तर्राष्‍ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सवै प्रवेश विन्दु र खुल्ला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमन स्थगित गर्ने कार्यको पूर्ण पालना गरी गराई सहयोग पु¥याउनु हुन नेपाल सरकार सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आग्रह गर्दछ ।

वि.सं.२०७७ असार १८ बिहीवार १७:४८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...