back
NMB ad

हलेसीको चौतर्फी विकास योजना अगाडि बढाइने

Kumari bank ad

खोटाङ । हलेसी क्षेत्रको चौतर्फी विकास योजना अगाडि बढाइने भएको छ । हलेसी विकास समितिले त्रिधार्मिकस्थल हलेसी गुफा संरक्षणका लागि कार्ययोजना निर्माण गर्ने निर्णय गरेको छ ।

पूर्वसांसद टङ्क राई विकास समितिको अध्यक्षमा चुनिनुभएपछि बसेको विकास समितिको पहिलो बैठकले त्रिधार्मिकस्थल हलेसी गुफाको भौगर्भिक अध्ययन गरी दीर्घकालीन संरक्षण गर्न कार्ययोजना निर्माण गर्ने निर्णय गरेको हो ।

प्राकृतिक रूपमा बनेको गुफाकै कारण हलेसीले हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा प्रसिद्धि पाएकाले गुफाको भौगर्भिक अध्ययन गरी दीर्घकालीन संरक्षण योजना बनाउने निर्णय गरिएको विकास समितिका कार्यकारी निर्देशक सम्मर भुजेलले बताउनुभयो ।

धार्मिक तथा साँस्कृतिक दृष्टिले प्रसिद्ध हलेसी महादेव गुफा, धर्मद्वार, पापद्वार, बसाहा गुफा, भैरव गुफा, मञ्जुश्री गुफा, दुङ्देलो गुफा लगायतका प्राकृतिक आकृतिको दृश्यावलोकनका लागि प्रसिद्ध छ ।

स्वदेश तथा विदेशका पर्यटक तथा दर्शनार्थीको भीड लाग्ने हलेसीमा हरेक हिउँद याममा विश्वभरका बौद्धमार्गीले ४ र ५ महिनासम्म बसेर ध्यान गर्ने गरेका छन् ।

विकास समितिको बैठकले हलेसीको ऐतिहासिक, धार्मिक र साँस्कृतिक महत्वका बारेमा अनुसन्धान गरी आगामी आर्थिक वर्षभित्र त्रिधार्मिक शोधग्रन्थ तयार पारेर प्रकाशन गर्ने, किराँत धर्मको प्रतीक स्वरूप हलेसीमा चुल्हो घर स्थापना गर्न अध्ययन गरेर योजना बनाउने, भैरवगुफा क्षेत्रमा ढल निकासको व्यवस्था गर्ने लगायतका निर्णय गरेको छ ।

महादेवस्थानको गुफा प्रवेशद्वारमा पित्तलको घेराबारा हाल्न पुनः व्यवस्थापन गर्ने, बसाहा गुफाभित्रको पदमार्ग र ढोका व्यवस्थापन गर्ने, ककनी मन्दिर जाने पदमार्गलाई पूर्णता दिने लगायतका निर्णय गरिएको छ ।

बैठकमा हलेसी आसपासमा बसिरहेका विपन्न वर्गलाई सहभागी गराएर पर्यटक पथप्रदर्शक तालिम सञ्चालन गर्ने निर्णय गरिएको कार्यकारी निर्देशक भुजेलले बताउनुभयो ।

समितिको बैठकमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईलगायतको उपस्थिति रहेको थियो । लामो समय नेतृत्वविहीन रहेको विकास समितिले पूर्णता पाएपछि हलेसीको चौतर्फी विकास हुनेमा स्थानीय बासिन्दा आशावादी छन् ।

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन हलेसी मन्दिर अनिश्चितकालका लागि बन्द गरिएको छ । दैनिक आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने विश्व प्रसिद्ध हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी मन्दिर चैत ८ गतेदेखि अनिश्चितकालका लागि बन्द गरिएको हो ।

धार्मिक मान्यताले मात्रै नभई प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध खोटाङको हलेसी गुफाभित्र विराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर छ । हलेसी मन्दिरको मुख्य गुफाको ठीक पछाडिपट्टि उस्तै ठूलो बसाहा गुफाभित्र छिरेपछि देखिने आकाशको दृश्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार हो ।

महादेव मन्दिर रहेको मुख्य गुफाका अगाडि उत्रै ठूलो भैरव नामक प्राकृतिक गुफा रहेको हलेसीलाई भू–बनोटको हिसाबले विश्वकै नमूना मानिन्छ । सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित हलेसी त्रिधार्मिकस्थलका रूपमा विश्वभर चर्चित छ ।

वि.सं.२०७७ असार २१ आइतवार ०७:५७ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...