back
NMB ad

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढ्दै : ७ जनाको मृत्यु

Kumari bank ad

धनगढी । सुदूरपश्चिम प्रदेशमा गत एक हप्तामा कोभिड–१९ का एक हजार ३९३ जना नयाँ संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाको तथ्यांकका अनुसार गतहप्तासम्म प्रदेशमा कुल संक्रमित दुई हजार ७६ जना रहेकामा शनिवारसम्म सो संख्या तीन हजार ४६९ पुगेको छ ।

दार्चुला, कैलाली, डोटी, बाजुरा, डडेलधुरा, बैतडी, कञ्चनपुर, अछाम बझाङ संक्रमणको दरमा बढ्दै गएको छ । हालसम्म कैलाली जिल्लामा सबैभन्दा बढी ९१६ संक्रमित पुगेका छन् ।

यसैगरी कञ्चनपुरमा ४००, डोटीमा ५१४, डडेलधुरामा २५९, दार्चुलामा १७, बैतडीमा २८०, बझाङ १३९, बाजुरा ३९० र अछाम ५५४ संक्रमित पुगेका छन् । देशभरमै सबैभन्दा बढी कोरोन संक्रमित जिल्लाका रुपमा सम्भवतः कैलाली जिल्ला पहिलो जिल्लाका रुपमा देखिएको छ ।

कोभिड–१९ का कारण यस प्रदेशमा हालसम्म सात जनाको मृत्यु भएको छ । गतहप्ता पीसीआर पद्धतिबाट प्रदेशमा १६ हजार ९३५ जनाको नमूना परीक्षण भएकामा शनिवार यो संख्या २२ हजार १४७ पुगेको छ । हालसम्म ५८६ जना उपचारपछि घर फर्किएका छन् ।

बन्दाबन्दी खुकुलो पारिएसँगै बढेको सर्वसाधारणको चहलपहलका कारण रोग संक्रमणको जोखिम पनि बढेको छ । प्रदेशमा अधिक संख्यामा २० देखि २९ वर्ष उमेर समूहका युवा कोरोनाबाट संक्रमित भइरहेको देखिएको छ ।

स्वास्थ्य निर्देशनालय दीपायलको पछिल्लो तथ्यांकका अनुसार हालसम्म पीसीआर पद्धतिबाट स्वाब संकलन गरी नमूना जाँच गरिएका मध्ये २० देखि २९ वर्ष उमेरका एक हजार ५३७ जनामा कोराना संक्रमण भएको छ ।

यसैगरी ३० देखि ३९ वर्ष उमेरका ७२७, दशदेखि १९ वर्ष उमेरका ४४५, चालीसदेखि ४९ वर्ष उमेरका २९०, नौ वर्ष सम्मका बालबालिका २७२, पचासदेखि ५९ उमेरका १३२, साठीदेखि ६९ वर्षका ५१, सत्तरीदेखि ७९ वर्षका १४ र नब्बेदेखि ९९ वर्षका एक जनामा कोरोनाको संक्रमण देखिएको तथ्यांकमा उल्लेख गरिएको छ ।

क्वारेन्टाइनमा बसेको व्यक्तिको हकमा १४ दिनको बसाइ पूरा गरी नतिजा जे सुकै आए पनि थप सात दिन सुरक्षित तरिकाले घरमा बस्ने गरी होम क्वारेन्टिनमा बस्ने गरी डिस्चार्ज गर्ने गरिएको जानकारी दिइएको छ ।

यसैबीच स्वास्थ्य तालीम केन्द्र धनगढीमा कोभिड–१९ को सिआइसिटी सेन्टर (बिरामीको खोज पड्ताल तथा सर्वेक्षण केन्द्र) स्थापना गर्न लागिएको छ । यो केन्द्रले स्वास्थ्य संस्था लगायतसँग कोभिड–१९ को रोकथामका लागि आवश्यक काममा समन्वय गर्ने जनकारी दिइएको छ । -रासस

वि.सं.२०७७ असार २१ आइतवार १३:१९ मा प्रकाशित

You can share this post!

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....