back
NMB ad

विद्युत् उत्पादन पूर्ण प्रतिस्पर्धामा, कसलाई कुन अधिकार ?

Kumari bank ad

काठमाडौं । सरकारले जलविद्युत् आयोजनाको विकास र सञ्चालन अनुमतिपत्र अब पूर्ण प्रतिस्पर्धामा दिने गरी विद्युत् विधेयक संसद्मा पेस गरेको छ । विधेयक राष्ट्रिय सभा सचिवालयमा दर्ता भएको छ ।

दर्ता भए पनि विधेयक आगामी अधिवेशनमा पेस हुनेछ । ऊर्जा मन्त्री वर्षमान पुनका तर्फबाट विधेयक दर्ता भएको हो । सङ्घीय एकाइबीच विद्युत् आयोजनाको विकास, सञ्चालन तथा दायित्व बाँडफाँडको कानुनी आधार तय गर्न यो विधेयक ल्याइएको हो ।

विधेयकले हालको अनुमतिपत्र लिने व्यवस्थालाई परिमार्जन गर्नेछ । सबै आयोजनाको अनुमतिपत्र प्रतिस्पर्धाका आधारमा हुनेछ । विधेयक पारितपछि आन्तरिकसँगै अन्तरदेशीय विद्युत् व्यापारका लागि पनि कानुनी मार्ग खोल्नेछ ।

विधेयक अनुसार नेपाल सरकार तथा सरकारको ५१ प्रतिशत वा सोभन्दा बढी स्वामित्व भएका संस्थाद्वारा पहिचान भएका आयोजना प्रतिस्पर्धाबिना नै बन्न सक्नेछन् । नेपाल सरकार, प्रदेश र स्थानीय सरकारको एकल वा संयुक्त लगानीमा विकास तथा सञ्चालन हुने आयोजनाको हकमा प्रतिस्पर्धा नहुने प्रस्ताव विधेयकमा गरिएको छ ।

प्रतिस्पर्धामा जाँदा प्रस्ताव आह्वान गर्नुपर्ने व्यवस्था छ । जसमा प्रतिस्पर्धाका आधार, आवश्यक पुँजी, प्राविधिक तथा व्यावसायिक क्षमता, अनुभव र योग्यता खुलाउनु पर्नेछ । सार्वजनिक सूचना तोकेर नै अनुमतिपत्रको प्रतिस्पर्धाको सूचना जारी हुनेछ । सूचना अनुसार तोकिएको सर्त पूरा गर्नेले आवेदन दिन सक्नेछन् ।

कसलाई कुन अधिकार ?

प्रस्तावित विधेयकले आयोजना विकास तथा सञ्चालन अनुमति(पत्रमा तीन तहकै सरकारको अधिकार क्षेत्र तोकेको छ । विधेयकले तीन मेगावाटसम्मको आयोजनाको अधिकार क्षेत्र स्थानीय तहमा हुनेछ । तीन मेगावाटभन्दा बढी २० मेगावाटसम्मका आयोजनाको अधिकार प्रदेश सरकारलाई हुनेछ ।

२० मेगावाटभन्दा बढी जडित क्षमता हुने नदी वा खोला दुई वा सोभन्दा बढी प्रदेशको सिमानामा पर्ने भएमा मन्त्रालयलाई उक्त अनुमतिपत्रको अधिकार क्षेत्र हुनेछ । बहुउद्देश्यीय तथा जलाशययुक्त आयोजनासम्बन्धी व्यवस्था विधेयकमा गरिएको छ ।

प्रस्तावित विधेयकमा एकभन्दा बढी कार्यका लागि एकै संस्थालाई अनुमति नदिने व्यवस्था छ । यस्ता कार्य भन्नाले विद्युत् उत्पादन, प्रसारण र वितरणलाई जनाउने गरी विधेयकलाई परिभाषित गरिएको छ ।

अनुमतिपत्रको समय तोकियो

प्रस्तावित विधेयकले अनुमतिपत्रको अवधि तोकेको छ । जलाशययुक्त आयोजनाको हकमा बढीमा ५० वर्षसम्म र अन्य प्रकृतिका आयोजनाको हकमा ४० वर्षको अवधि हुनेछ । विद्युत् प्रसारण, वितरण र व्यापार सेवाको हकमा २५ वर्षको अवधि हुनेछ । ग्राहक सेवाका लागि बढीमा पाँच वर्षको अवधि हुनेछ । विशेष परिस्थितिमा यस्तो अवधि पाँच वर्षसम्म थप हुनसक्ने छ ।

प्रस्तावित विधेयकले तोकिएको सर्त पूरा नगरेमा तथा कानुनविपरीत काम गरेमा अनुमतिपत्र खारेज हुनसक्ने व्यवस्था गरेको छ । तोकिएको सर्त पूरा नगरेमा पनि अनुमतिपत्र खारेज हुनसक्ने छ । साथै अनुमतिपत्रमा तोकिएका कार्य पूरा नगरेमा अनुमतिपत्र खारेज हुनसक्ने छ । तोकिएको समय र सर्त पूरापछि स्वामित्व हस्तान्तरणको प्रस्ताव विधेयकमा गरिएको छ ।

विद्युत् सेवालाई अविछिन्न सेवाका रूपमा विधेयकमा प्रस्तावित छ । वितरण भइरहेको विद्युत् सेवा बन्द गर्न नहुने विधेयकमा उल्लेख छ तर प्राविधिक कार्यका लागि सेवा आपूर्ति बन्द हुनेछ । महसुल नबुझाएमा आपूर्ति बन्द हुनसक्ने छ ।

विद्युत् आयोजनाको विकास तथा सञ्चालनका लागि नीतिगत निर्णय गर्न निर्देशक समिति रहने प्रस्ताव विधेयकमा गरिएको छ । विधेयक अनुसार यस्तो समिति विभागीय मन्त्री वा राज्यमन्त्रीको अध्यक्षतामा हुनेछ । योजना आयोगको ऊर्जा हेर्ने सदस्य निर्देशक समितिमा सदस्य रहनेछन् ।

ऊर्जा, वन तथा वातावरण, अर्थ, गृह, भूमि व्यवस्था तथा सहकारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव निर्देशक समिति सदस्य हुनेछन् । प्रस्तावित विधेयकले विद्युत्सम्बन्धी कसुरमा २० लाख रुपियाँसम्म जरिवाना हुनसक्ने व्यवस्था प्रस्ताव गरेको छ । गोरखापत्र दैनिकमा नारायण काफ्लेले समाचार लेखेका छन् ।

वि.सं.२०७७ असार २२ सोमवार ०७:२४ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...