back
NMB ad

३० लाख छुट दिने मनकारी विद्यालय

Kumari bank ad

चितवन । यहाँको एक विद्यालयले एक महिना १५ दिनको भाडाबाट उठ्ने ३० लाख रुपैयाँ छुट गरेको छ । कोभिड–१९ सँगै गरिएको लकडाउनले भाडामा बस्नेको व्यवसाय प्रभावित भएको भन्दै भरतपुरमा रहेको चितवन माविले भाडा छुट गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम लामिछानेका अनुसार सटर भाडा लिएकाबाट मासिक भाडा २० लाख रुपैयाँ उठ्ने गर्दछ । एक महिना १५ दिनको भाडा छुट गरिएको हो । सोही जग्गामा रहेको चितवन मेडिकल कलेजले वार्षिक रु ५० लाख भाडा तिर्ने गर्दछ । त्यस संस्था र मुद्दामा रहेको एक पेट्रोलपम्पबाहेक सटर भाडामा लिएकाको भाडा छुट गर्ने विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको जनाएको छ ।

विद्यालयले सबै भाडामा लगाएको ठाउँबाट वार्षिक तीन करोड रुपैयाँ हाराहारी भाडा सङ्कलन गर्ने उनको भनाइ छ । विद्यालयका प्राचार्य मुक्तिनाथ लामिछानेले भाडामा बस्नेले कोभिड–१९ का कारण व्यवसाय नभएको भन्दै दिएको निवेदनउपर समितिले सो निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार विद्यालयले सङ्कलन गर्ने भाडाबाट निजी स्रोतमा रहेका शिक्षक, शिक्षिका र कर्मचारीको तलबसँगै भौतिक पूर्वाधारमा खर्च गरिने गरेको छ ।

यस क्षेत्रमा सरकारीस्तरमा सबैभन्दा बढी भाडा सङ्कलन हुने संस्था चितवन मावि पर्दछ । यसअघि जिल्ला समन्वय समितिले पनि आफ्नो जग्गा एवं भवनमा भाडामा बसेकालाई लकडाउनको समयमा तीन महिनाको भाडा छुट गर्ने जनाएको थियो । रासस

वि.सं.२०७७ असार २२ सोमवार ०८:३१ मा प्रकाशित

You can share this post!

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...