back
NMB ad

गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, कूल संक्रमित कति ?

Kumari bank ad

पोखरा । गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ नयाँ संक्रमित थपिएसँगै प्रदेशको कुल संक्रमित संख्या ११ सय १३ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीकाअनुसार पोखरा महानगरपालिकाका ५१ वर्षिय महिलासहित लमजुङमा ११ र बागलुङमा ५ जनामा कोरोना पुष्टि भएको छ ।

लमजुङमा भेटिएका संक्रमितमध्ये राइनासका एक पुरुष, बेँशीसहरका ३ पुरुष, सुन्दरबजारका ३ पुरुष, क्होलासोथरका २, दोर्दी र मध्यनेपालका एक–एक जना पुरुष संक्रमित गरि ११ संक्रमित रहेका छन् ।

यस्तै, बागलुङको ढोरपाटनमा एक महिला र बडीगाड, काठेखोलामा दुई, दुई पुरुष गरि ५ जना संक्रमित रहेका छन् । यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले अस्पतालको आइसोलेसन वार्डमा उपचाररत १३ जना संक्रमित निको भएर घर फर्केको जानकारी दिएका छन् ।

१३ मध्ये एक जना स्याङ्जाका बृद्ध रहेका छन् भने बाँकी १२ जना कास्कीकै हुन् । पछिल्लो अपडेटअनुसार गण्डकीमा निको भएर घर फर्किनको संख्या २ सय ७१ पुगेको छ भने ४ जनाले ज्यान गुमाएका छन् ।

वि.सं.२०७७ असार २२ सोमवार १४:३७ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...