काठमाडौं । गायक दुर्गेश थापामाथि गीत चोरीको आरोप लागेको छ ।थापाले हालै मात्र ‘बीच्च बीच्चमा २’ बोलको गीत सार्वजनिक गरेका थिए ।
सो गीतमा ‘आकाशमा बादलु डम्मै छ, मनमा के छ भन्नेलाई सम्मै छ’ भन्ने हरफ सुन्न सकिन्छ । जो अन्तरा लोककवि अली मियाँको एक गीतमा राखिएको छ । सो गीतको हरफ दुर्गेशले जस्ताको तस्तै सारेपछि उनी विवादमा तानिएका हुन् ।
वि.सं.२०७७ असार २३ मंगलवार ११:२१ मा प्रकाशित