काठमाडौं । नेपालमा थप २०४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या १६ हजार एक सय ६८ पुगेको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार एक सय ३३ जनाको पीसीआर परीक्षण गरिएको छ ।
अहिलेसम्म दुई लाख ६१ हजार आठ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ। अहिले २५ हजार सात सय २७ जना क्वारेन्टाइनमा छन् भने आठ हजार जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।
कुल कोरोना संक्रमितमध्ये ४६ प्रतिशतले कोरोना जितेका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार अहिलेसम्म संक्रमितमध्ये ४६.४ प्रतिशतले कोरोना जितेका हुन् । पछिल्लो २४ घण्टामा मात्र चार सय ९९ जनाले कोरोना जितेका छन् ।
वि.सं.२०७७ असार २३ मंगलवार १६:२८ मा प्रकाशित