काठमाडौं । कुमारी बैंकको सम्पूर्ण सेवा शुक्रवार र शनिवार दुइ दिनका लागि बन्द हुने भएको छ ।
बैकले देवःविकास बैंकलाई प्राप्ति गरी असार २८ गतेदेखि एकिकृत कारोबार सुरु गर्न लागेकोले डाटा माइग्रेसन प्रयोजनको लागि असार २६ गते २७ गते कुमारीको सम्पूर्ण बैकिङ कारोबार बन्द हुने भएको हो ।
एक सूचना प्रकाशन गर्दै यस समयमा बैंकको एटिएम लगायतका सम्पूर्ण डिजिटल कारोबार समेत अबरुद्द हुन सक्ने जनाएको छ ।
हेर्नुहोस सूचना :
वि.सं.२०७७ असार २४ बुधवार ०९:१७ मा प्रकाशित