back
NMB ad

तीसवटा पार्क बनाउँदै काठमाडौँ महानगर

Kumari bank ad

काठमडौं । काठमाडौँ महानगरवासीले अब हरियाली तथा खुला ठाउँको मज्जा लिन पाउने भएका छन् । महानगरले अतिक्रमित सार्वजनिक तथा ऐतिहासिक जग्गाको संरक्षणका लागि ३० भन्दा बढी पार्क निर्माण गर्ने भएपछि साँझबिहान हरियाली तथा खुला ठाउँमा बसेर मनोरञ्जन लिने स्थानीयवासीको रहर पूरा हुने भएको हो ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गरी खुला क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले नयाँ आर्थिक वर्षको बजेटमा पार्क निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

प्रमुख शाक्यले भन्नुभयो, “खुला तथा सार्वजनिक जग्गा संरक्षण तथा ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण स्थानको सम्वद्र्धन गर्ने कार्यलाई प्राथमिकतामा राखेर हामी अगाडि बढेका छौँ ।”

“काठमाडौँ महानगर घना बस्तीले भरिएको सहर हो । त्यसैले महानगरवासीलाई खुला ठाउँमा आनन्द लिन हामीले त्यस्ता स्थानको संरक्षण र सदुपयोग गर्ने योजना अगाडि बढाएका हौँ”, उनले थपे, “हरियाली बढाउनुका साथै भूमिगत पानी भण्डारणका लागि रिचार्ज काठमाडौँ अभियानलाई समेत प्राथमिकतामा राखेका छौँ ।”

महानगरले आर्थिक वर्ष २०७७÷७८ को बजेटमा समावेश गरेका योजनामा महानगर ज्येष्ठ नागरिक पार्क, स्ट्रिट फुड पार्क, बाल उद्यान, ज्येष्ठ नागरिक आश्रम, शहीद पार्क, चेस पार्क, महानगर बाजेबज्यै पार्क, महिला मैत्री पार्कलगायत छन् ।

महानगरले ड्रिम परियोजनाका रूपमा अगाडि बढाएको मेगा हलमा पनि ६० प्रतिशत ठाउँमा खुला स्थान र हरियाली प्रवद्र्धन गर्ने योजना अघि सारेको छ । मेगा हल निर्माणका लागि भृकुटीमण्डपमा अहिले करिब २८ प्रतिशत मात्रै खुला स्थान रहेको काठमाडौँ महानगरको सहरी योजना आयोगले जानकारी दिएको छ ।

त्यसैगरी महानगरले आर्थिक वर्ष २०७६/७७ मा शहीद धर्मभक्त माथेमा पार्क, हनुमान पार्क, गणेश मन्दिर पार्क, लोकेश्वर महादेव मन्दिर परिसर पार्क, टुँडालदेवी पार्क, टुसाल पार्क निर्माण सम्पन्न गरेको छ ।

वडा ३२ मा मदन भण्डारी पार्क, सुकेधारा कृष्ण गल्ली पार्क, बाँसबारी इको पार्क, टुँडालदेवी पार्क निर्माणमा पनि पहिलो चरणको काम सम्पन्न गरेको जनाइएको छ ।

महानगरले चालू आर्थिक वर्षमा २०७६÷७७ मा न्ह्योखा पार्क, शान्ति नमुुना पार्क, गौरीघाट हरियाली पार्क, धोबीखोला पार्क, त्रिपुरेश्वर ज्येष्ठ नागरिक पार्क, कुलेश्वर पार्क, कुलेश्वर आवास क्षेत्र पार्क, बाग्मती नगर पार्क, कुमारी पार्क, रानीबारी पोर्पा अजिमा पार्क, लगं पार्क, कमलपोखरी पार्क लगायतको निर्माण शुरू गरिसकेको छ ।

महानगरले छिमेकी नगरपालिकासँग पनि नगर साझेदारी कार्यक्रमअन्तर्गत हरियाली प्रवद्र्धनमा जोड दिँदै आएको छ । काठमाडौँका १० वटा नगरपालिका तथा मध्यपुर थिमि नगरपालिकासँग सम्झौता गरी पार्क निर्माण कार्य अघि बढाइएको महानगरले जनाएको छ ।

प्रमुख शाक्यका अनुसार टोखा नगरपालिकामा बौडेश्वर बाल उद्यान, कीर्तिपुरमा युद्ध स्मारक पार्क, बूूढानीलकण्ठमा बूूढानीलकण्ठ पार्क, तारकेश्वर नगरपालिकामा तारकेश्वरधाम ऐतिहासिक पार्क, नागार्जुुनमा गणेशमान स्मृति पार्क, चन्द्रागिरिमा मदन भण्डारी पार्क लगायतका लागि प्रतिनगरपालिका एक करोड रुपियाँका दरले ११ करोड लगानी गरिसकेको छ । गोरखापत्र दैनिकमा यलु जोशीले खबर लेखेकी छिन् ।

वि.सं.२०७७ असार २५ बिहीवार ०७:३७ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...