पसल तथा व्यवसाय बिहान ७ देखि ९ बजेसम्म मात्र खोल्न निर्देशन (सूचनासहित)

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाले ७, ८ र ९ वडामा अत्यावश्यकबाहेक सम्पूर्ण सेवा आजबाट बन्द गरेको छ । वडा नंवर ८ मा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि नगरपालिकाले ७ र ९ वडासमेत लागु हुने गरि यस्तो निर्णय गरेको हो ।

सबै सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाबाट प्रवाह हुने अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द हुने जनाइएको छ ।खाद्यान्न पसल र व्यवसायमा कम्तिमा एक मिटर दूरी कायम गरेर बिहान ७ देखि ९ बजे संचालनको अनुमति दिइएको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले बताउनुभयो ।

यस्तै नगरपालिकाले आवश्यक कामबाहेक घरबाट बाहिर नस्किन पनि आग्रह गरेको छ । नगरपालिकाको नियम उलंघन गरेमा संक्रामक रोग ऐन, २०२० बमोजिम सम्बन्धित निकायबाट कारबाही हुन सक्ने बताइएको छ ।

२०७७ असार २५ गते १०:२८ मा प्रकाशित

You can share this post!

सिन्धुपाल्चोकको जम्बु बजारका १४ घर बगाउँदा १९ वेपत्ता (सात तस्विरसहित)

सिन्धुपाल्चोकको जम्बु बजारका १४ घर बगाउँदा १९ वेपत्ता (सात तस्विरसहित)

Related posts