काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । विहीबार ९२ हजार ४०० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज भने घटेको छ ।
आज छापावाल सुनको मूल्य ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन ९१ हजार ७६० रुपैयाँ, चाँदीको मूल्य भने स्थिर रहि ९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
वि.सं.२०७७ असार २६ शुक्रवार ११:०७ मा प्रकाशित